गोठालाे गएकी अछामकी ७ वर्षीया बालिका बलात्कृत



अछाम ।

अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । पिडितको परिचय खुल्न सक्ने भएकाले पक्राउ परेकाको पनि परिचय नखुलाइएको अछाम प्रहरीले जनाएको छ ।

गत असोज ३ गते गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत बाहिर आउको प्रहरीले समाचारपत्रलाई बताएको छ ।

उक्त घटना बालिका भागिर घरमा पुगेपछि सार्वजनिक भएको थियो ।

पत्रफाउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्