गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या



अनिल खत्री, गुल्मी ।
गएराति गुल्मीमा श्रीमानले आफनै श्रीमतीलाई कुटपिटबाट हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ इन्द्रेगौडा निवासी ३५ वर्षिय पंकज कुमालले आफ्नै श्रीमती ३० वर्षिय लाली कुमाललाई चिरपट दाउरा प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

शनिवार राति घरमै पारिवारिक झगडा हुने क्रममा श्रीमतीलाई कुटपिटसँगै हत्य गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । आरोपित कुमालललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्