म्यान्चेष्टर सिटीको बर्नली एफसीविरुद्ध सानदार जीत, जीतसंगै म्यान्चेष्टर पुनः पहिलो स्थानमा



लण्डन ।
प्रिमियर लिगका डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले बर्नली एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै यस वर्षको लिगमा पनि अहिलेसम्म आफूलाई पहिलो स्थानमा राख्न सफल भएको छ । आज शनिबार ९ खेल खेल्दा सिटीले २३ अंक बटुलेर आजै २१ अंक जोडेका चेल्सीलाई पछाडि धकेल्न सफल भएको हो ।

आज भएको खेलमा बर्नलीलाई १७ औं मिनेटमा कुन अगुरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १(० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफको ५४ औं मिनेटमा बी सिल्भा तथा त्यसको दुई मिनेट भित्रै फर्नानडिनोले र ८३ औं मिनेटमा महरेज तथा खेलको अन्तिम ९० औं मिनेटमा सानेले गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको हो ।

यसभन्दा अघि नै बराबरी ८ खेल खेलेपनि चेल्सी र लिभरपुलभन्दा गोल अन्तरले अगाडि रहँदै आएको सिटी आज यस पछिको नवौं खेलमा लिभरपुल जितेपनि धेरै गोल अन्तरका कारण सिटीलाई पछार्न नसकिने देखिएको छ । आजै नेपाली समय अनुसार बेलुकी १०स्३० बजे लिभरपुलले हर्डसफिल्डको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्