प्रिमियर लिगः चेल्सी म्यान्चेष्टरसँग बराबरीमा



लण्डन ।
आज भएको प्रिमियर लिगमा अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सी म्यान्चेष्टरसँग बराबरीमा रोकेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा चेल्सी म्यान्चेष्टर युनाइटेडबाट २/१ गोलको अन्तरमा पराजित हुनै लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका खेलाडि बार्कलेले गोल गरेपछि पराजित हुनबाट जोगिएको थियो ।

पहिलो हाफसम्म १ गोलको अन्तरले अगाडि रहेको चेल्सी दोस्रो हाफमा दुई गोल खाएपछि स्तब्ध हुन पुगेको थियो । अत्यन्त तनावकावीच खेल सकिनु अन्तिम मिनेटमा गोल गर्न सफल भएपछि चेल्सी हार तार्न सफल भएको हो । आज बराबरी खेलेपछि अंक तालिकामा २१ अंक जोडेर चेल्सी पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ ।

यो प्रिमियर लिगमा चेल्सीलाई म्यानचेष्टर सिटी र लिभरपुलले २० अंक जोडेर पछ्याइरहेको छ । आजै म्यान्चेष्टर सिटी र लिभरपुलको पनि खेल भएको हुनाले यी दुई क्लबको जित भएमा चेल्सीको शीर्ष स्थान आजै खोसिन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्