नक्कली नोटसहित दुर्इ जना पक्राउ



काठमाडौं ।
काठमाडौामा एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन रहेका छन् ।

उनीहरुलाई काठमाडौं चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटरमा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । छ ।

प्रतिक्रिया दिनुहोस्