चन्द्र भण्डारीको दशैं गुल्मीका बोटे र माझी बस्तीमा



अनिल खत्री, गुल्मी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले दशें पर्व फरक तरिकाले मनाउँदै आएका छन् । केहि वर्ष यता नेता भण्डारीले दशैँ गुल्मीको माझी र कुमाल बस्तीमा मनाउदै आएका छन् । यस वर्ष पनि उनले सोहि कार्यलाई निरन्तरता दिएका छन् ।

पछिल्लो तीन वर्ष यता लगातार जिल्लाका बिभिन्न स्थानमा रहेका बोटे माझीवस्तीमा दशैँ मनाउँदै आएका छन् । शुक्रवार बिजया दशमीको दिन माझी प्रा.वि. बालविकास प्रा.वि तुराङ्ग, बलिथुम नरहरी कडेंल मा.वि. बलिथुम, झेर्दी नि.मावि हुगा, लक्ष्मी निमावी बम्घा र आधीपाटा प्रा.वि. उल्लीखोलाका माझी र कुमाल विद्यार्थीका निम्ति शैक्षिक सामाग्री र पोशाक वितरण गरेका हुन ।

भण्डारीले विभिन्न विद्यालयमा अध्ययनरत ६ सय बढी विद्र्यार्थीलाई स्वीटर, ट्रयाकसुट र स्टेशनरीसहित ५० रूपैयाँ दक्षिणा दिएर टीका लगाइ दिएका थिए । माझी वस्तीकै झण्डै ५सय महिलालाई टीका लगाइ ५० रूपैयाँ दक्षिणा र लत्ता कपडा पनि वितरण गरेका छन् ।

०७० सालको संविधानसभामा गुल्मी क्षेत्र नं. २ बाट विजयी भएपछी नेता भण्डारीले आफ्नो सबै तलव सिमान्तकृत वर्गका बालबालिकाको पठन पाठनमा खर्च गरेका थिए । जनता सधैको गरिब बन्ने परिपाटी अन्त्य गर्न आफु सिमान्तकृत बस्तीमा पुगेर केहि सहयोग गर्दै आएको भण्डारीले बताए ।

नेताहरूले खाली देश बनाउने सपनामात्र बाड्यौँ भण्डारीले भने,‘देश बनाउनका निम्ति गरिबीको चपेटामा रहेको सिमान्तकृतहरूका लागि कहिल्यै सोचेनौँ ।’ आफुले देशको उच्च नेतृत्वलाई सन्देश दिन यस्ता सामाजिक कार्यमा आफ्नो समय खर्च गरिरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्