भगवान बनाउने मान्छे



मनोज भट्ट, महेन्द्रनगर ।
दशैँ, तिहार र छठजस्ता हिन्दू नेपालीहरुको महान् पर्वहरु नजिकिँदै गर्दा मान्छेहरु किनमेलमा व्यस्त छन् । चाडलाई मध्यनजर गरेर आवश्यक लत्ताकपडा र खाद्यन्न किन्नका लागि मान्छेको व्यस्तता बढिरहेका बेला सन्तोष देव नाथको कामको चटारो झन बढेको छ । भगवान बनाउने मान्छेका रुपमा परिचित सन्तोष लाई यतिबेला भगवानको मूर्ति बनाउन भ्याइ नभ्याइ छ ।

भारतको बंगालमा जन्मथलो भएका सन्तोष भण्डै ४० बर्ष अघि आफ्नो मातृभूमि छोडेर नेपाल हानिए । भारत संगै सिमाना जोडिएको जिल्ला कञ्चनपुर आफ्नो कर्मथलो बनाउन थाले उनि, पुख्र्यौली पेशाका रुपमा रहेको मूर्तिकला पेशा लाई निरन्तरता दिदै सन्तोषले भारत र नेपालमा थुप्रै भगवानका मुर्ति बनाएका छन् ।

नेपालमा पहिलो मुर्ति झण्डै ४० बर्ष अघि महेन्द्रनगर आएकै बेला बनाएको सन्तोषले बताउछन् । “कपाल फुलिग्यो, मलाई याद रहे देखि भगवानकै मूर्ति बनाउदै आएको छु, नेपालमा लगभग ३०/३५ मुर्ति बनाए, मूर्ति बनाउने शिलसिलामा धनगढी, काठमाण्डौ देखि लमजुङ सम्म गए । नेपालमै यत्रो बर्ष बिताए आज सम्म मैले नेपालको नागरिकता पाएको छैन, नगरपालिका देखि प्रशासन सम्म सबै धाए, आश मात्रै पाए” असोज ४ गते देखि महेन्द्रनगरको स्मारकमा नवदुर्गाको मूर्ति बनाउन थालेका सन्तोष अन्य समयमा नेपाल टेलिकम, महेन्द्रनगरको अगाडि बदामको ठेला लगाएर जिविको चलाउछन् ।

महेन्द्रनगरको स्मारकमा सन्तोषले बनाउदै गरेको नवदुर्गा माताको मूर्तिको निर्माण कार्यमा सुनचाँदि व्यवसायी संघ, लोकतान्त्रीक व्यवसायी संघ, मुक्ति हवल्दार र विमल खडायत लगायतका समुहले बिशेष सहयोग पु¥याउदै आएका छन् । झण्डै साढे चार लाख रुपैँयाको लागतमा निर्माण भइरहेको मूर्ति सप्तमी देखि पुर्णिमा सम्म प्रर्दशनमा राखिने छ । पुर्णिमाको अर्को दिन मुर्तिलाई महाकाली नदिमा लगेर बिसर्जन गरिने बिमल खडायतले बताए ।

यो वर्षको दुर्गा पूजाका लागि सन्तोषले ६ सेट मूर्ति तयार गरेका छन् । एक सेटमा दुर्गा, लक्ष्मी, गणेश, सरस्वती, कार्तिक, पार्वती गरेर ६ वटा मूर्ति हुन्छन् । उक्त मूर्ति सेट तयार गर्र्न अझै २ दिन लाग्ने ुसन्तोषले बताए ।

माटो, काठ, पराल आदिबाट मूर्ति तयार गरिन्छ । मूर्ति बनाउनका लागि आवश्यक सामग्री माटो, रंग र कपडाहरु भारतबाट ल्याउने गरेको सन्तोष बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्