थाहा पाउनुहोस सेलिब्रिटीका आजको दशैँ विशेष योजना



निधारभरि रातो टिका, जमरा, नयाँ कपडा, पिङ, मालाश्री धुन, घर लिप पोत अनि रङ लगाएर नयाँ जस्तै बनाइएको घर । शक्तपीठमा धार्मिक अनुस्ठान, अग्रज मान्यजनबाट टिका र आशिर्वाद, टाढा–टाढाबाट आउने आफन्तजनसंगको भेटघाट दशैँ भन्ने वित्तिकै यहि प्रसंग ताजा भएर आउछ ।

वर्षभरि जति दुःख गरेपनि दशैँका बेला गक्ष अनुसार राम्रो लाउने, मिठो मसिनो खाने नेपाली परम्परा रहेको छ । त्यहि अनुसार सबैले राम्रो लगाएर, मिठो खाएर अधिकांश नेपाली पर्व उत्सवको रौनकमा रहेका छन् ।

तर कलाकारको दशैँ भने अन्य सामान्य नेपाली भन्दा केहि फरक हुनसक्छ । कोहि कलाकार यो चाडपर्वको अवसरमा निकै व्यस्त हुने पनि गर्दछन् । देश विदेशबाट कार्यक्रमहरुमा माग आईरहेको हुन्छ त्यसैले नेपाली कलाकर्मीहरुको दशैँको विशेष योजना के छ हाम्रा संवाददाता प्रदिप विवश भण्डारीले केहि कलाकारसंग बुझ्ने प्रयास गर्नुभएको छ ।

पढ्नुहोस सेलिब्रिटीका आजको दशैँ विशेष योजना
लेखान्त भुषाल–  ‘मेरी बास्सै’ टेलिश्रृङ्खलाका हाँस्य कलाकार लेखान्त भुषाल ‘घिरौले’ ले आफ्नो यसपालीको दशैँ गृहजिल्ला दाङमा नै मनाउने भएका छन् । घरमा परिवारसंग रमाईलो गर्ने पिङ खेल्ने देखि लिएर साथिभाई आफन्तसंग पनि भेटघाट गर्ने योजना रहेको बताए ।

 

बुद्धी तामाङ–  हाँस्य कलाकार बुद्धी तामाङ ‘हैट’ को दशैँ सामान्य नै रहेको छ । उनको यसपालीको दशैँ आफ्नो काभ्रेपलाञ्चोक गाँउको घरमा रमाईलो हुने बताउँछन् । मान्यजनसंग टिका लगाउने र अन्य आफन्तजन तथा साथिभाईसंग भेटघाट गर्ने योजना रहेको उनले बताए ।

 

दिवाकर भण्डारी–  ‘मेरी बास्सै’ टेलिश्रृङ्लाका हाँस्य कलाकार दिवाकर भण्डारी ‘सापटे’ । आफ्नो दशैँ गाँउको घरमा मनाउने भएका छन् । उनको बुबा नभएपनि आफ्नी ७२ वर्षीया आमाको हातबाट टिका थाप्ने र अन्य आफन्त तथा साथिभाईसंग भेटघाट गर्ने योजना रहेको बताउछन् ।

 

दिपकराज गिरी– हाँस्य कलाकार, निर्माता तथा नायक दिपकराज गिरीले दशैं काठमाडौंमा नै मनाउने भएका छन् । काठमाडौंको थानकोटमा जन्मीएका उनको दशैं सामान्य रुपमा नै बित्ने भएको छ । उनले परिवारसँग बसेर टिका लाउने र उनको प्रर्दशन भइरहेको चलचित्र ‘छक्का पञ्जा ३’सम्पूर्ण परिवार मिलेरसंगै हेर्ने सोच बनाएका छन् ।

 

ऋषिराज आचार्य– यसपालीको दशैँमा निर्देशक ऋषिराज आचार्य गृहजिल्ला दाङमा नै गएका छन् । अाज घरमा परिवारसंग टिका लगाउने र साथिभाई तथा आफन्तसंग भेटघाट गर्ने योजना रहेको उनले बताए । त्यस लगत्तै उनी मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदै गरेको चलचित्र ‘ड्रिम गर्ल’ को प्रचार प्रसारमा व्यस्त रहने बताउछन् । र सो चलचित्र हेर्न सम्पूर्णमा आग्रह पनि गरेका छन् ।

आकाश श्रेष्ठ– अभिनेता आकाश श्रेष्ठ यसपालीको दशैँ आफ्नै घरपरिवार र मान्यजनको हातबाट टीका लगाएर मनाउने योजनामा रहेका छन् । सेलिब्रिटी भएपछि करियरसँगै दर्शकस्रोता र घरपरिवारलाई पनि समय दिनुपर्ने भएको बताउँदै उनले यो दशैँमा बुवा–आमासँग दाङमा मिठो–मिठो खाएर टिका लगाएर मनाउने बताए ।

दिपाश्री निरौला– हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाको जन्मथलो विराटनगर हो । तर उनको बसोवास भने काठमाडौंमा छ । तर उनी हरेक वर्ष दशैं मनाउन विराटनगर जान्छिन् । यस पटक पनि उनी दशैं मनाउन विराटनगर गएकी छिन् । साथै उनले सबैलाई सिटी सिनेमामा नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ सँगै हेर्न आग्रह गरेकी छिन् ।

 

जितु नेपाल– यसपालीको दशैं जीतु नेपाल पनि सामान्य रुपमा नै मनाउने भएका छन् । उनी पनि यो दशैं परिवारसँग बसेर काठमाडौंमा नै मनाउने भएका छन् । उनको पनि टिकाको कार्यक्रम सकेर परिवारसँग चलचित्र हेर्ने योजना छ ।

नाजिर हुसेन– नायक नाजिर हुसेन यसपालीको दशैँमा कार्य व्यस्तताका कारण गाँउको घरमा जान नपाउदा दुःख व्यक्त गरेका छन् । उनले यसपाली त यस्तै भयो तर अर्काे वर्ष भने समय मिलाएर गाँउ जाने कुरा गरेका छन् ।

सुरविर पण्डित– हाँस्य कलाकार सुरविर पण्डित ‘दारी बा’ को आज दशैँका दिन आफुभन्दा सानालाई टिका लगाईदिने र आफूले पनि मान्यजनबाट टिका ग्रहण गर्ने विशेष योजना रहेको बताछन् । अरु बचेकाे समय पिन परिवारसंगै रमाईलो गरि बिताउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्