दाङमा गाडीले मोटरसाईकलाई ठक्कर दिँदा ३ जना गम्भीर



दाङ ।
दाङको देउखुरीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा  ३ जना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक राप्तीगाउँपालिका ७ भानपुर निवासी २१ वर्षिय झरन चौधरी, सोही ठाउँका २४ वर्षिय पिताम्बर चौधरी र मौरीघाट निवासी वर्षा चौधरी रहेका छन् ।

ठक्कर दिने गाडीको भने अझै पहिचान हुन नसेको प्रहरीले जनाएको छ । उक्त गाडीले रा ४ प ५४४८ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते तीनै जनालाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्