बैतडीमा एनपिएल क्रिकेटः १२ टोलीलाई ४ समूहमा विभाजन



विनोद सिंह विष्ट, बैतडी ।
यही कात्तिक ८ गतेदेखि बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई ४ समूहमा विभाजन गरि खेलाईने भएको छ ।

जिल्लाका १२ टोली सहभागी हुने प्रतियोगितालाई समूह ए देखी डी समूह बनाएर प्रतियोगिता सञ्चालन हुने आयोजक निंगलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेश भण्डारीले बताए ।

समूह ए का दोगडाकेदार गाउँपालिका, आयोजक निंगलाशैनी क्रिकेट क्लब र सिगास गाउपालिका रहेका छन् । समूह बी मा सुर्नया गाउँपालिका ,दशरथचन्द नगरपालिका सी र दशरथचन्द नगरपालिका ए रहेका छन् । यस्तै समूह सी मा पुर्चौडी नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् । समूह डी मा दशरथचन्द नगरपालिका बी, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका रहेका छन् ।

प्रतियोगितामा प्रथम परस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र राखिएको छ । उक्त प्रतियोगिताका लागी १८ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्