भारतका विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा



काठमाडौं ।

कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । विदेश राज्यमन्त्री अकबरले मुख्य सचिव नृपेन्द्र मिश्रालाई इमेलमार्फत राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिँदै विदेशमन्त्री सुषमा स्वराजसँग भेट्न समय माग पनि गरेका छन् । सामाजिक सञ्जालमा चलिरहेको ‘मि टू’ अभियान अन्तर्गत कैयौँ महिला पत्रकारले मन्त्री तथा पूर्व पत्रकार एमजे अकबरमाथि यौन हिंसाको आरोप लगाएका थिए ।यी आरोपका बारेमा मन्त्री अकबरले अहिलेसम्म प्रतिक्रिया दिएका छैन ।

गएको हप्ता आरोप लागेको केही घण्टामा नै उनी विदेश भ्रमणका लागि नाइजेरिया गएका थिए । आइतबार बिहान स्वदेश फर्किएका राज्यमन्त्री एमजे अकबरले छिट्टै नै यसबारेमा आफ्नो प्रतिक्रिया दिने बताएका छन् ।

यौन उत्पीडनको आरोप लागेपछि बीजेपी नेतृत्व सरकारको कडा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्