प्रदेश सरकारका सडक निर्माणका काम अलपत्र



विनोद सिंह विष्ट, बैतडी ।
सडक डिभिजन कार्यालय पाटन बैतडीबाट मार्फत निर्माण भईरहेका तीन ओटा सडक निर्माणको काम अलपत्र परेको छ ।
सडक डिभिजन कार्यालय मार्फत निर्माण भईरहेका सडक प्रदेश सरकार मातहत आएपछि निर्माण कार्य अलपत्र परेको हो । प्रदेशमा संरचनाको अभाव हुँदा सडक निर्माण कार्य अघि बढ्न सकेका छैनन् ।
जिल्लाको पुरानो पाटन पञ्चेश्वर सडक निर्माण र कालोपत्रे गर्ने काम अघि बढ््न सकेको छैन् भने श्रीकोट सिल्लेगडा र उग्रतारा मेलौली सडक निर्माण कार्य अलपत्र परेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर अर्जुन पौडेलले जानकारी दिए ।
पाटन –पञ्चेश्वर सडकलाई ४५ किलोमिटर कालोपत्रे गर्ने र बाँकी रहेको ६ किलोमिटर ट्रयाक खोल्ने काम रहेकोमा चालु आर्थिक बर्षमा काम अघि बढाउन नसकिएको हो । सो योजनाको बजेट प्रदेशमा गएको र प्रदेशमा कर्मचारी र संरचनाको अभावमा काम अघि बढ्न नसकेको हो ।
यस्तै ११५ किलोमिटर लम्बाई रहेको कटौजपानी– सिल्लेगडा सडकको पनि १२ किलोमिटर कालोपत्रे गर्ने र ट्रयाक ओपन गर्ने कार्य रोकिएको छ । सो योजनाको बजेट पनि प्रदेश सरकार मातहत गएकाले समस्या भएको छ ।
यसैगरी उग्रतारा – मेलौलीसडक कालोपत्रे गर्ने कार्य पनि रोकिएको छ । निर्माण व्यवसायीहरुलाई काममा लगाउन अप्ठ्यारो भएको इन्जिनियर पौडेलको भनाई रहेकमे छ ।

प्रतिक्रिया दिनुहोस्