विराटनगरका राई अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघको सदस्य बन्ने पहिलो नेपाली



सरोज, यादव, विराटनगर ।
नेपाल टे«ड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटिएफको विश्व कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन । आइटिएफको इतिहासमा नेपालको प्रतिनिधित्व गर्ने राई पहिलो व्यक्ति बनेका छन ।

सिंगापुरमा जारी अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटिएफको ४४ औं महासभाअन्र्तगत राई पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन । यससँगै महासभा बैठकबाट विश्व सडक सञ्जालतर्फको उपाध्यक्षमा पनि निर्वाचित भएको सिंगापुरमा रहेका राईले जानकारी दिएका छन । नेपाल यातायात मजदुर संघबाट महासभामा सहभागी राई संघको वर्तमान सल्लाहकार र निवर्तमान अध्यक्ष पनि हुन ।

राईले यसअघि दक्षिण अफ्रिका, मेक्सिको, बुल्गेरियामा आयोजित महासभामा समेत सहभागिता जनाइ सकेका छन । सिंगापुरमा जारी महासभामा विश्वका विभिन्न राष्ट्रका २ हजार ५ सय जना यातायात मजदुर नेताहरुको सहभागिता रहेको छ । विराटनगरका स्थायी बासिन्दा राई तीनदशकदेखि यातायात मजदुरको क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्