अबका युवा पिडिलाई संस्कृत भाषा पढाउनु पर्ने बेला आयोः चन्द्र भण्डारी



अनिल खत्री, गुल्मी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले हरेक व्यक्तिलाई संस्कृत भाषा पढाउन पर्ने दिन आएको बताएका छन् । मंगलवार गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ छल्दीको पालुखा माबिमा चलेको शैक्षिक तथा धार्मिक महोत्सवको समापन गर्दै नेता भण्डारीले अबको ३० वर्ष भित्र हरेक युवालाई संस्कृत भाषा पढाउन पर्ने आबश्यता रहेको बताए ।

उनले ब्रामाण्ड बचाउन संस्कृत भाषाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र अरु भाषाले काम नगरेकाले सबै युवा युवतिलाई संस्कृत भाषा पढाउनु पर्नेमा आबश्यक रहेको बताए । संस्कृत भाषले ब्रामाण्ड सुरक्षा गर्दै मानवको सुरक्षा गर्न गुरुहरु लागनु पर्ने बताए ।

हामी गरिव केहि नभएको झै हुनुपर्ने केहि नभएर होइन भण्डारीले,‘यहाँ धेरै धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरु छन् त्यसको भरपुर प्रयोग हुन सकिरहेको छैन् ।’ सिंह दरबारमा बस्ने भन्दा गउँमा बस्ने धार्मिक, राष्ट्रवादी, जनप्रपिय भएको बिभिन्न ठाउँमा शैक्षिक क्षेत्रको बिकासको निम्ति उठेको रकमले पुष्टि गरेको बताए ।

उनले जस्ले राम्रो काम गर्छ उसलाई चिन्न नसक्ने दिन आएको बताए । कलि युगमा समाज परिर्वतनको भूमिका खेल्छ उसलाई चिन्न नसक्ने दिन आएको बताए । हामीले संबिधान बनायौ नेता भण्डारीले भने, ‘हामीले ल्याएको अधिकारले महिलाहरु दिउसै हिडन नसक्ने, छोरिहरु स्कुल जान नसक्ने, संघिएता भनेको देश फुटाउने भयो यस्तो अबस्थामा हामी पुग्यौं ।’

अहिले अबस्थामा भगवान शिव र सिता जस्तो नेतृत्व अहिलेको आबश्यता रहेको बताए । हामी नेपाली यस्ता भयौं कुनै लगाव छैन् भण्डारीले,‘भने यो गरौ यसो गरौ भन्न्ने लगाव भएकालाई बाच्न पनि दिन्नन ।’ उनले गुल्मीलाई मनूना बनाउने कार्यमा आफु लागि परेता पनि जनताले चिन्न नसकेको बताए ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ पालुखाको छल्दी स्थित पालुखा माबिलाई कक्षा ११ र १२ सञ्चालन गर्ने उदेश्यले यहि असोज २२ गतेबाट ३० गते सम्म चलेको शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न भएको छ । ९ दिन सम्मे पालुखा माबिको छल्दीमा चलेका महोत्सवमा बाल योगेश्वर महाराजले कथा प्रवचन गरेका थिए । धार्मिक महोत्सवबाट जग्गा र नगद सहित करिव १ करोड रकम संकलन भएको मुल आयोजक समितिका सदस्य राममल्ल ठकुरीले बताए ।

महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरिएको थियो । महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरिएको थियो । महोत्सवबाट उठेको रकमबाट बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्