डोटीमा नेकपा सभासदलाई कालो झण्डा देखाईयो



विमल बिष्ट, डोटी ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का सुदूरपश्चिम प्रदेश सभासद अचार्ना गहतराज लाई डोटीको दिपायलमा कालो झण्डा देखाईएको छ ।

डोटी चेम्बर अफ कमर्स द्धारा दिपायलको पिपल्ला बजारमा साेमबार आयोजना गरिएको दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा सभाषद् गहतराज लाई स्थानिय युवाहरुको समूहले कालो झण्डा देखाएको हो ।

दिपायल राजधानीको प्रतिपक्षमा प्रदेश सभा बैठकमा मत हालेको भन्दै युवाहरुले उहाँको कार्यक्रम स्थलमा आएर कालो झण्डा प्रर्दशन गरेका हुन् ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी सभाषद गहतराजले बोल्ने पालो आउदा युवाहरुको समुहले डोटी बिरोधी मत हाल्ने सभाषद मुर्दाबाद,दिपायल राजधानी कायम गर भन्ने नारा लगाउदै कालो झण्डा देखाएका थिए ।

युवाहरुको प्रर्दशनका बाबजुत पनि छोटो समय लिएर बोल्दै सभाषद गहतराजले आफुले नचाहादा नचाहदै पनि राजधानी अन्तै सारिएको र दिपायल राजधानी कायम गराउन नसकेको प्रति आफु पनि दुःखिद भएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मैले चाहेर पनि राजधानी दिपायल कायम गर्न सकेन म दुःखिद छु,माफ गर्नुहोला ।’ सभाषद गहतराज डोटी बाट प्रदेश सभाका लागि समानुपातिक सभाषद हुनु हुन्छ । डोटी चेम्बर अफ कर्मसका अध्यक्ष केबी साउदको अध्यक्षतामा उक्त दशै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्