प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ हुने



काठमाडौँ ।
नेपाल बक्सिङ संघको आयोजनामा प्रथम राष्ट्रिय महिला तथा पुरष नोभिस बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामी मंसिर ५ देखि ८ गतेसम्म चल्ने उक्त प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वर स्थित कभर्ड हलमा आयोजना हुने नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य श्याम अवाले जानकारी गराउनुभयो ।

प्रतियोगितामा १९ र २२ वर्ष मुनिका महिला तथा पुरुष गरि दुई उमेर समूहको विभिन्न तौलका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । जसअनुसार १९ वर्ष मुनिका महिला अन्तर्गत ४८, ५१, ५४, ५७ र ६० केजी तथा पुरुषको ४९, ५२, ५६, ६० र ६४ केजीका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी २२ वर्ष मुनिको महिलामा ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तथा पुरुष तर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीको खेलाडीहरुले भिडन्त गर्नेछ ।

प्रतियोगितामा नेपाल अधिराज्यभरका करिब ८० जना महिला तथा १ सय ८० जना पुरुष खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्