शाहवंशीय श्रीपेच सर्व–साधारणलाई हेर्नका लागि खुला



काठमाडौँ ।
शाहवंशी राजाहरुले लगाउने श्रीपेच सर्व–साधारणलाई हेर्नका लागि खुला गरिएको छ । उक्त श्रीपेच नारायणहिटी दरबार सङ्ग्रहालयको दुई कक्षमा हेर्नका पाईने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो।

सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको श्रीपेच नारायणहिटी दरबार सङ्ग्रहालयका सुर्खेत र रुपन्देही कक्षमा सर्व साधारणका लागि खुला गरिएको छ ।

राजदण्ड, तत्कालीन रानीको मुकुट, तरवार लगायतका सामाग्री राखिएको उक्त श्रीपेच विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा र टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

विभागका महानिर्देशक भेषनारायण दाहालकाे संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझाबसहितको प्रतिवेदनका आधारमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो व्यवस्था गरेको हो।

श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकन गर्न सकिने स्रोतले जनाएको छ ।

श्रीपेच राखिने कक्षको उद्घाटन लगत्तै सर्व साधारणका लागि श्रीपेचलाई प्रदर्शनीमा राखिएको छ । उक्त प्रदर्शनमा राखिएको  श्रीपेच राजा विरेन्द्रका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार गरेका थिए ।

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा पहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्