कोईलाबास नाकाबाट भन्सार छलिका सामान भित्रिए



दाङ, गढवा । दाङ देउखुरीेको कोईलाबास नाकाबाट भन्सार छलिका सामान ब्यापक रुपमा भित्रिरहेको कुरा सार्वजनिक भएको छ । गढवामा आयोजना गरीएको व्यवसायीको शुभकामना कार्यक्रममा नेकपाका नेता रामप्रसाद गैरेले भन्सार नतिरेर सामान भित्रिएकै कारण ब्यबसायी मर्कामा परेको बताएका हुन ।

यता राष्ट्रिय जनमोर्चाका दिनमणी आचार्यले राप्ती नदिमा क्रसर आतंक समेत मौलाएको र गाउँपालिका यस विषयमा मौन रहेको आरोप लगाएका छन । दिउँसोको समयमा प्रशासनले बन्द गरेको भएपनि नदिबाट ढुंगा गिट्टी बालुवा रातारात निकासी भईरहेको अरोप समेत लगाएका छन । सबै नियमनकारी निकायकै सेटीङमा यस्तो दुई नम्बरी काम भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्