क्लबलाई समान व्यवहार हुन सकेन



फिरोज राजोपाध्याय, काठमाडौं
ए डिभिजन लिगको पहिलो चरणका खेल समाप्त भएपछि बाँकी खेल तिहारपछि हुने गरी स्थगित भएको छ। यसपालि ‘ए’ डिभिजन क्लबको तयारी निकै कठिन पनि भएको छ। बीचबीचमा ग्याप गरेर क्लबहरूलाई तनाब दिएको आरोप आयोजकमाथि लागेको छ। यसलाई छाडिदिने हो भने पैसाको मामिलामा भने ‘ए’ डिभिजन क्लबहरू भाग्यमानी बनेका छन्। पहिलो त अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लिगमा सहभागी १४ टोलीलाई समान २०÷२० लाख नगद उपलब्ध गराएको छ। दुई किस्ता गरी अहिलेसम्म क्लबहरूले १०/१० लाख रुपियाँ पाइसकेको छ।

महानगरपालिकाले पनि आ–आफ्नो नगरका क्लबलाई सहयोग रकम र खेल सामग्री उपलब्ध गराएको छ। हाल ‘ए’ डिभिजन लिगमा खेल्ने ललितपुरका ५ क्लबहरू रहेका छन्। थ्री स्टार क्लब, फ्रेन्डस् क्लब, ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब हुन्। स्रोतका अनुसार यसमध्ये थ्री स्टारलाई ३२ लाख सहयोग नगद उपलब्ध भएको बताइएको छ। थ्री स्टारले उपाधि जितेको हुनाले बढी रकम दिएको जनाएको छ। तर बाँकी ४ क्लबलाई भने ४÷४ लाख मात्र दिइएको छ।

फ्रेन्डस क्लबका अध्यक्ष राजीव पौडेलले महानगरपालिकाको व्यवहार समान नभएको नेपाल समाचारपत्रलाई बताउनुभया। पौडेलले भन्नुभयो– ‘यो त कसैलाई काखा र कसैलाई पाखाको व्यवहार भयो। सबै क्लबलाई समान व्यवहार हुनुप¥यो। यसले हामीलाई सहयोग होइन अपमान भएको महसुस भएको छ।’
थ्री स्टारले गत वर्ष ७ वटा उपाधि जितेकाले बढी रकम पाएको महानगरपालिकाको एक सदस्यले बताएको पौडेलले जानकारी गराउनुभयो। अध्यक्ष पौडेलले यसमा सहमत जनाउनु तर्कसंगत पनि नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘यदि दिनु नै छ भने कमसेकम यसरी दिएको भन्नुपथ्र्यो। तर टाइटलको हिसाबले दिएको भनियो। यो बोर्डले गरेको निर्णय केहीको प्रभावले भएको जस्तो लाग्छ। यो बिल्कुलै एकपक्षीय निर्णय हो।’

अध्यक्ष पौडेलले महानगरपालिकाले क्लबहरूलाई बराबरी गर्न नसकेकाले आफ्नो गरिमालाई अवमूल्यन गरेको पनि ठान्नुभएको छ। उहाँका अनुसार यी सबै रकम पनि क्लबहरूले नलिने निर्णय गर्न सक्छन्। उहाँले यसबारे मेयरसँग कुरा गर्ने पनि बताउनुभएको छ।

यस्तै काठमाडौं महानगरपालिकाले आफ्नो जिल्लाका ६ वटा ‘एै’ डिभिजन फुटबल क्लबको विकासका लागि जनही ९ लाख ३० हजार रुपियाँका दरले सहयोग रकम प्रदान गरेको छ। जसमा ५ लाख नगद र अन्य रकम खेल सामग्रीको रहेको छ। खेल सामग्रीमा फुटबल ब्याग, जर्सी, ट्र्याक, ट्राउजर इत्यादि रहेका छन्।
हाल ‘ए’ डिभिजन लिगमा भाग लिने ६ काठमाडौं टोलीमा न्युरोड टिम ९एनआरटी०, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, मनाङमस्र्याङ्दी क्लब, संकटा क्लब र सरस्वती क्लब छन्। यसमध्ये मनाङले ठूलो छलाङ मारेको छ। गएको साता अन्तर्राष्ट्रिय प्रिमियम ≈िवस्की ब्रान्ड सिग्नेचरले वर्षको २५ लाख नगदमा सम्झौता गर्दै मनाङको प्रायोजन गरेको छ।

महानगरपालिकाको सो फुटबलप्रतिको सहयोगमा एनआरटीका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सुखद शुरुआत भएको नेपाल समाचारपत्रलाई बताउनुभयो। नेपालमा पहिलो पटक महानगरपालिकाले खेल क्षेत्रलाई माया गरेको भन्दै वज्राचार्यले बताउनुभयो– ‘यस्तो सहयोग पहिलो पटक भएको छ। यसले क्लबलाई ठूलो सहयोग पनि मिल्नेछ। मेयर विद्यासुन्दर शाक्यजीले फुटबल क्लबको समस्या बुझिदिनु भएकोमा साह्रै धन्यवाद छ।’ भविष्यमा यस्तो सहयोग बढ्ने पनि उहाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्