२२ को मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानमा चुनावी ¥यालीमा भएको विस्फोटमा मृतकको २२ पुगेको छ। अक्टोबर २० मा हुन लागेको चुनावअगाडि हिंसा बढ्न सक्ने आशंका गरिएको छ। शनिबार भएको उक्त आक्रमणमा मर्नेको संख्या कम्तीमा २२ पुगेको उत्तरपूर्वी तकहर प्रान्तका गभर्नरका प्रवक्ता मोहम्मद जबाद हेजरीले जानकारी दिएका हुन्। संसदीय चुनावमा उम्मेदवार नजिफा युसुफी केको प्रचार अभियानका क्रममा उक्त हमला भएको हो। घटनामा ३६ जना घाइते भएका छन्। त्यसैगरी पश्चिमी हेरात प्रान्तमा पनि एक उम्मेदवारको चुनाव प्रचार कार्यालयमा दुई बन्दुकधारीले हमला गर्दा ९ वर्षीय एक बालक र एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्