उत्तर कोरिया आईएमएफ र विश्व बैंकमा प्रवेश गर्न इच्छुक



सोल, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अकल्पनीय ऐतिहासिक शिखरवार्ता गरी कोरियाली प्रायद्वीपमा शान्ति बहाली गर्न उत्सुक देखिएको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन अन्तर्राष्ट्रिय आर्थिक संस्थामा प्रवेश गर्न इच्छुक देखिएका छन्।

दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनसँगको हालैको वार्तामा उत्तर कोरियाली नेता किमले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० र वल्र्ड बैंकसहित अन्य अन्तर्राष्ट्रिय एजेन्सीमा सहभागी हुन इच्छा व्यक्त गरेको रोयटर्सले जनाएको छ। उत्तर कोरियाली नेताले उक्त इच्छाको वास्तविकता भने पुष्टि हुन सकेको छैन। तर यदि त्यस्तो चाहेकै हो भने उसलाई विश्व अर्थव्यवस्थाको हिस्सा बन्नका लागि कयौं चुनौतीको सामना गर्नुपर्ने बताइएको छ।

आफ्नो परमाणु कार्यक्रमका कारण उत्तर कोरिया दशकौंदेखि विश्वभरिका देशसँग आर्थिकरूपमा अलग्गिएको अवस्थामा छ। यस्तो स्थितिमा आईएमएफ र विश्व बैंकजस्ता विश्व आर्थिक संस्थामा उत्तर कोरियाको सहभागिता प्रक्रिया लामो सावित हुने विशेषज्ञले बताएका छन्।

सदस्यता प्राप्त गरेपछि उत्तर कोरियालाई विशेषज्ञहरूको ठूलो समूहसम्म पहँुच प्राप्त हुनेछ। उत्तर कोरियाले प्राविधिक सहायतासँगै कोष पनि पाउनेछ। यी सबै कुरा उत्तर कोरियालाई विश्व अर्थव्यवस्थामा एकीकृत गर्नेतर्फ दोहो¥याउनेछ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको उद्देश्य आफ्ना सदस्यका वित्तीय तथा मौद्रिक स्थिरता सुनिश्चित गर्नु हो। त्यसैगरी विश्व बैंक सदस्य देशको आर्थिक विकासलाई प्रोत्साहित गर्नु र गरीबी कम गर्नमा मद्दत गर्छ। यी दुई प्रमुख विश्व संस्थाको उद्देश्य फरक देखिए पनि मुख्य उद्देश्य भनेको आर्थिक कल्याणको प्रवद्र्धन नै हो।

आर्थिक पारदर्शिता
विश्व बंैकलाई विकासशील देशका लागि वित्तीय सहायता र ज्ञान उपलब्ध गराउने सबैभन्दा ठूलो संस्थाका रूपमा लिइन्छ। विश्व बंैकको सदस्य बन्नका लागि कुनै पनि देशले पहिलो अन्तर्राष्ट्रिय मुद्रा कोषका सदस्य बन्नुपर्नेछ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सदस्य देश आफ्नो अर्थव्यवस्थासँग सम्बन्धित जानकारी ऊ,सँग साझा गरोस्, उसले विदेशी मुद्रा प्रवाह सीमित नगरून्, व्यापारलाई प्रोत्साहन गर्ने नीतिहरूको पालना गरून् र सदस्यता शुल्क भुक्तानी गरून् भन्ने चाहेको हुन्छ। तर उत्तर कोरियाको सवालमा उसको अर्थव्यवस्था अहिलेसम्म पारदर्शी छैन। उत्तर कोरियाका नेता किम जोङ उनले ती संस्थाहरूको समीक्षा र आर्थिक प्रतिवेदनलाई कसरी स्विकार्छन् भन्ने पनि स्पष्ट छैन।

उत्तर कोरियाको अर्थव्यवस्था एक माफिया शैलीमा काम गर्ने र त्यहाँ अर्थव्यवस्थामा सर्वोच्च नेताहरूबाहेक ध्यान दिइरहने अन्य कुनै संस्थानहरू छैनन्। अहिलेको स्थितिमा उत्तर कोरिया आफ्नो गोप्यता कसैसँग साझा गर्छ भन्ने अवस्था पनि देखिँदैन। यदि उसले आफ्ना सबै सूचनाहरू अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई दिन्छ भने, यसले उसलाई कमजोर बनाउन सक्ने आर्थिक विश्लेषकहरूको एक समूहका सदस्य अनविता वासु बताउँछन्। उत्तर कोरियाले कुनै पनि आर्थिक तथ्यांक प्रकाशित गरेको छैन। सन् १९६० को दशकदेखि अहिलेसम्म उत्तर कोरियाले कुनै आर्थिक आँकडा प्रकाशित नगरेको दाबी गरिएको छ।

दक्षिण कोरियाको सेन्ट्रल बैंकले सरकारी तथा गुप्तचर निकायबाट संकलन गरिएको जानकारीका आधारमा उत्तर कोरियाको जीडीपीको आँकडा जारी गर्छ। उसको आँकडाअनुसार सन् २०१७ मा उत्तर कोरियााको वृद्धिदर विगत २० वर्षमा सबैभन्दा खराब रहेको छ।

केही विज्ञहरू प्राविधिक कमजोरीका कारण पनि उत्तर कोरियाको आर्थिक डाटा संकलनमा कठिनाइ छ। योबाहेक उत्तर कोरियामा व्यापक कालो बजारी स्थापित छ र समाजमा व्यापाक भ्रष्टाचार हुने गरेको बताइन्छ।

सोल नेसनल युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक क्युङ योन किमका अनुसार उत्तर कोरियालीहरूको ७० प्रतिशतभन्दा धेरै आय त्यहाँको बजारबाट हुने गर्छ। यसमा कानुनी र अवैध आय पनि आउँछ। एक अनुमानअनुसार उत्तर कोरियामा हुने आधाभन्दा धेरै गतिविधि अवैध हुन्छ।

 

मानव अधिकार रेकर्डको महŒव
विश्वस्तरका एजेन्सीहरूको सदस्य बन्नका लागि उत्तर कोरियाले मानव अधिकारको क्षेत्रमा पनि काम गर्नुपर्ने हुन्छ। शान्ति स्थापित गर्नका लागि उत्तर कोरियाले यस क्षेत्रमा काम गरिरहेको पनि भन्ने गरिन्छ। उसले आफ्नो परमाणु कार्यक्रम बन्द गरिरहेको छ। ट्रम्प र किमबीचको ऐतिहासिक भेटवार्तापछि स्थिति परिवर्तनमा तीव्रता आइरहेको छ।

यद्यपि मानव अधिकारको नराम्रको स्थितिका कारण नै उत्तर कोरिया ती संस्थाहरूको सदस्यताका लागि अयोग्य हुने सम्भावना भने नरहन सक्छ। किनभने अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०१७ को सदस्य सूचीमा रहेका म्यान्मार र अफगानिस्तानजस्ता केही देशहरू मानव अधिकार रेकर्ड संदिग्ध रहेको सूचीमा परेका थिए।

यदि उत्तर कोरियाले मानव अधिकारसम्बन्धी मुद्दामा सुधार गर्ने प्रयास गर्छ र अन्य देशसँग आफ्नो राजनीतिक सम्बन्धलाई बदल्ने कदम चाल्छ भन्ने सम्भवतः उसका लागि कयौं अवसर खुल्न सक्ने अमेरिकी स्टेनफोर्ड युनिभर्सिटीका शोधकर्ता आन्ड्रे अब्रहामियनले बताए।

प्रतिक्रिया दिनुहोस्