ऋण सहयोग



नुसा डुआ, (एजेन्सी)
विश्व बैंकले हालै आएको शक्तिशाली भूकम्पको कारण जनधनको ठूलो क्षति बेहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ। सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको ज्यान जानुका साथै अन्य हजारौं व्यक्ति बेपत्ता भएका थिए। इन्डोनेसियाको बालीमा अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चल्दै छ। सोे ऋण पुनर्निर्माण र पुनरुद्धारका कार्यहरू सञ्चालन तथा आगामी दिनमा प्राकृतिक विपत्तिबाट मानिसलाई सुरक्षित गर्ने उपायको खोजी कार्य र पूर्व तयारीमा खर्च गरिनेछ।

प्रतिक्रिया दिनुहोस्