सुर्खेतमा पानीपुरी र चटपटे खाँदा ४३ जना बिरामी



सुर्खेत ।
भेरीगङ्गा नगरपालिका, रामघाटको सिन्चुमा चटपटे र पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । पानीपुरी र चटपटे खाएर बिरामी परेका जति अहिले खरतामुक्त रहेको प्रहरीले जनाएको छ ।

बिरामीहरुको कर्णाली प्रदेश अस्पताल, कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ । चटपटे व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्