दशमीका दिन उपत्यकामा नेपाली सेनाद्धारा निःशुल्क बस सञ्चालन



काठमाडौँ ।
बडादशैं अर्थात कार्तिक २ गतेका दिन काठमाडौं उपत्यकाका विभिन्न ८ वटा रुटहरुमा निःशुल्क बस सञ्चालन हुने भएको छ । सो दिनमा उपत्यका भित्र न्यून मात्र सार्वजनिक सवारी साधन चल्ने भएकोले सैनिक तथा गैह्र सैनिकले व्यक्तिहरुको आवागमनमा सुविधका लागि सेवा दिन लागेको हो ।

उक्त दिन बिहान ७ बजे, ११०० बजे र दिउसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क सञ्चालन गर्न लागिएको छ ।

त्यसैगरी, बडादशैंको उपलक्ष्यमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले गत असोज २५ गतेबाट ३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ÷त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ ।

उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ६ः३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको छ ।

सो दिन कहाँ-कहाँ चल्छन् त बस ?

  • रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
  • रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
  • रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
  • रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
  • रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
    रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
  • रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
  • रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

प्रतिक्रिया दिनुहोस्