पुनरुत्थानवादी समूह नेपालले मनायो १६६ औँ शिक्षादिवस



काठमाडौँ ।
पुनरुत्थानवादी समूह नेपालले १६६ औँ शिक्षादिवस मनाएको छ । पुनरुत्थानवादी नेपाल समूहकी नेता तारा बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बरालले कार्यक्रम आयोजनाको औचित्यता तथा आवश्यकता माथि प्रकाश पार्नु भएको थियो ।
नेपाल सरकारले शिक्षा दिवस मनाइरहेको अवस्थामा आजको दिनमा छुट्टै शिक्षा दिवस किन मनाउनु प¥यो भन्ने जिज्ञासामा बरालले नेपालमा औपचारिक शिक्षा प्रदान गर्ने र अँग्रेजी शिक्षा प्रदान गर्ने पहिलो विद्यालय स्थापना भएको ऐतिहासिक दिन आश्विन २७ गते शिक्षा दिवस नमनाई अन्तराष्ट्रिय साक्षरता दिवस ‘सेप्टेम्बर ८’ मा मनाइनु इतिहासकै उपेक्षा र उपहास हुने बताउनुभयो ।

 

अझ थप स्पष्ट पार्दै बरालले नेपालको आफ्नै अस्तित्व तथा स्वामित्व भएको शिक्षा दिवसलाई अन्तराष्ट्रिय साक्षरता दिवसमा गाभ्नुले नेपाली शिक्षा दिवसलाई छायाँमा पारेकोले पनि औपचारिक शिक्षा सुरु गर्ने नेपालकै पहिलो औपचारिक विद्यालय दरबार हाइ स्कूल स्थापना भएकै दिन शिक्षा दिवस मनाउन समारोह आयोजना गरिएको जानकारी दिनुभयो ।
उक्त समारोहमा पुनरुत्थानवादी समूह नेपालको तर्फबाट बहस गर्दै आउनु भएका अधिवक्ता कोषराज काफ्लेले नेपालमा अँगे्रजी शिक्षा प्रदान गर्न औपचारिक विद्यालयको स्थापनागर्ने मात्र नभई नेपालमा नै पहिलो पटक छरिएर रहेका कानुनलाई एकिकृत र संहिताद्ध गरी इतिहासमा पहिलो पटक मुलुकी ऐन १९१० जारी गरेर अतुलनीय योगदानदिने जँगबहादुर दिवसलाई इतिहासले कहिल्यै भुल्ननसक्ने भएकाले आजको दिनमा शिक्षा दिवसको आयोजना गर्नु बौद्धिक, ऐतिहासिक तथा कानुनी हिसाबले समेत उपयुक्त भएको दाबी गर्नुभयो ।

यसैगरी यस समारोहमा मन्तव्य राख्नु भएका अर्का पुनरुत्थानवादी समूह नेपालका नेता शरदकुमार मिश्रले नेपालले नेपाल भारत बीचको असमान सुगौली सन्धीको कारण गुमेका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जँगबहादुर राणाको पहलमा नै नयाँ नेपालको रुपमा फिर्ता गरिएकोले पनि उहाँको योगदानको कदर गर्दै आश्विन २७ गते नै शिक्षा दिवस मनाउनु उपयुक्त हुनुपर्ने कुरा बताउनुभयो । नेपालका सामुदायिक विद्यालयहरुलाई राणाहरुले खेल मैदानको लागि तथा भवन बनाउन दान दिएको जग्गा समेत बेचेर तथा व्यापारिक प्रयोजनको लागि लिज, करार गरी भाडामा दिएर दान बापत दिए, पाएको जग्गा समेत संरक्षण गर्न समेत नसकेकोले पुनरुत्थानवादी समूह नेपालको पहलमा त्यस्ता सार्वजनिक जग्गाको संरणको लागि आवश्यक कानूनी प्रकृया अगाडि बढाउँदै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो । कार्यक्रमको संयोजक तारा बरालले हाम्रो अपिल समेत वाचन गरी सभाविर्सजन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्