पत्रकार तेजु खड्काको खोजीका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र



विमल बिष्ट, डोटी ।
गएको एक महिना देखी बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजी कार्यकालागि पुःन पहल गर्न नेपाल प्रेश युनियन डोटी शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । नेपाल प्रेश युनियन डोटी शाखामा आबद्ध पत्रकारहरुको टोलीले आईतबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बलमे बताउनु भयो ।

उहाँले भन्नु भयो ‘सहकर्मि साथी तेजु हराएको एक महिना भन्दा बढी समय बितिसक्यो अत्तो पत्तो छैन पुःन खोजीका लागि हामीले प्रधानमन्त्री ज्यू लाई ध्यानाकर्षण पत्र पठाएका छौ,पुःन खोजी गरे फेला पर्छन की ? ।’ पत्रकारहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझदै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले जिल्ला प्रशासनको तर्फ बाट पत्रकार तेजु खड्काको पुःन खोजीका लागि पहल गर्ने र ध्यानाकर्षणपत्र सिधै प्रधानमन्त्र समक्ष पठाउने बताउनु भयो । डोटी घर भई बाजुरको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ‘तेजु’ गएको भदौ ९ गते बाजुराको बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउ बाट एका एक बेपत्ता भएका थिए ।

दशै आउदा समेत आफनो घरको सदस्य अहिले सम्म फेला नपरेको भन्दै उहाँका घर परीवार चिन्तित बनेको पत्रकार तेजुका दाजु जितबहादुर खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘घरका मान्छेले केही पत्ता लाग्योकी भनेर मलाई सोद्छन् मैले के उत्तर दिउ,आफै अलमलमा छु ।’ पत्रकार खड्का रेडियो नेपाल केन्द्रिय तथा प्रदेश प्रशासरण केन्द्र दिपायलमा पनि कार्यरत थिए ।
फोटो क्याप्सन ः पत्रकार तेजुको पुःन खोजीकालागि प्रधानमन्त्रीलाई दिईएको ध्यानाकर्षण पत्र डोटीका निमित्त प्रजीअ लाई बुझाउदै प्रेस युनियन डोटीका अध्यक्ष बम ।

प्रतिक्रिया दिनुहोस्