एक महिला सहित लागु औषधका डिलर कारोबारी पक्राउ



यमलाल भुसाल, बुटवल ।
रुपन्देहीका बिभिन्न स्थानबाट प्रहरीले ठूलो परिणाममा लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १२ ढवाहा, देवदह नगरपालिका वडा नं. १० भलुहीबाट ८ ग्राम ६७० मिलिग्राम लागु औषध सहित नवलपरासी डेढगाउँका बुटवल ढवाहा बस्ने ३२ वर्षीय प्रदिप भट्टराई, देवदह १० का २४ वर्षीय विजय तामाङ्, देवदह ११ की २४ वर्षीय सानु श्रेष्ठ, देवदह ९ का २४ वर्षीय दिलिप पुर्जा पक्राउ परेका हुन् ।

६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर सहित तामाङ, श्रेष्ठ र पुर्जालाई देवदह प्रहरी चौकी खैरेनीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक टोपबहादुर रानाको नेतृत्वको टोलीले पक्राउ गरेको हो भने २ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर सहित बुटवलको ढवाहाबाट भट्टराई वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक हेम केसीको टोलीले पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका भट्टराईको साथबाट प्रहरीले १ लाख ४८ हजार नेपाली रुपैंया तथा २३ हजार ८२० भारतीय रुपैया तथा १६ थान मोवाईल बरामद गरेको छ ।

पक्राउ परेका भट्टराईले प्रदिप फर्निचर सञ्चार सञ्चालन गर्दै सोही ठाउँबाट लागु औषधको कारोवार हुने गरेको प्रारम्भिक अध्ययनबाट भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो । पक्राउ परेको चारै जना लागु औषधको डिलर कारोवाही रहेको र उनीहरुलाई लागु औषध मुद्धामा कारवाही प्रकृया अंगाडी बढाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्