भियनामा संबिधान दिवस २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



काठमाडौँ ।
अष्ट्रियाको राजधानी भियनामा नेपाली राजदुतावासको तर्फबाट नेपालको संबिधान दिवस २०७५ को अवसरमाशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सुमुधुर वातावरणमा सम्पन्न भएका हो । कार्यक्रममा नेपाली राजदुत महामहिम प्रकाश कुमार सुवेदीले त्यस दिनको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अष्ट्रिया स्थित नयाँ र पुराना गण्यमान्य नेपालीहरु र नेपाललार्इ माया गर्ने अष्ट्रियनहरुको पनि उपस्थिति रहेको हाम्रा अष्ट्रिया संवाददाता प्रभु श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालबाट जानुभएकी प्रख्यात कलिउड र बलिउड अभिनेत्री मनिषा कोइरालाले समेत उपस्थिती जनाई सम्बोधन गर्नुभएको थियो । ।
उहाँले भियनामा नेपालीहरुसंग भेटघाट गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्