सन्दीप पहिलो



हेटौंडा,(नेस_
हेटौंडामा आयोजित शुभकामना दौडमा सन्दीप सुनार पहिलो भएका छन्। हरेक वर्ष विजयादशमीको अवसरमा मकवानपुर एथ्लेक्टिस संघले आयोजना गर्ने प्रतियोगिताअन्तर्गत भएको ५ किलोमिटर दौड सन्दीपले १६ मिनेट ४ सेकेन्डमा पूरा गर्दै १० हजार नगद पनि हासिल गरेका हुन्।

प्रतियोगितामा सुदीत श्रेष्ठ द्वितीय, विशाल श्रेष्ठ तृतीय, सविन भोलन चौथो र सागर लामा पाँचौं हुँदै क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँ नगद हासिल गरे।

प्रतिक्रिया दिनुहोस्