कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनुपर्ने बताउनुभएको छ।

‘हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं। जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पु¥याएर अन्नको निर्यात पनि गर्ने गरेको छ।’

सहकारी अभियन्ता तथा नेकपाका नेता केशव बडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले बडालको जीवन नै सहकारीमा होमिएको बताउनुभयो।‘नेपालको सहकारी आन्दोलनमा बडालजीको योगदान अतुलनीय छ। पार्टीका हरेक बैठकमा उहाँले सहकारीका एजेन्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरूलाई समेत बुझाउने गर्नु भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्