जनता बैंकले हुम्लामा एकैपटक तीन नयाँ शाखा खोल्यो



हुम्ला, (नेस)
जनता बैंक नेपालले हुम्लामा एकैपटक तीन शाखा विस्तार गरेको छ। हुम्लाको अदानचुली, ताजाकोट र चंखेली गाउँपालिकामा एकैपटक तीन शाखा विस्तार गरेको हो।
हरेक स्थानीय तहमा बैंङ्किङ सेवा संञ्चालन गर्ने सरकारको लक्ष्यअनुसार जनता बैंकले हुम्ला जिल्लाका तीन गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको हो। पहिलो दिन सबै शाखामा उत्साहजनक कारोबार भएको अदानचुली शाखा प्रमुख हरिचन्द्र रेग्मीले बताउनुभयो। जनता बैंकले बैंकिङ सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थानीय निकायमा आएकाले सबैलाई बैंकिङ सेवा लिन शाखा प्रमुख रेग्मीले आग्रह गर्नुभयो। ग्रामीण भेगका बासिन्दालाई सेवा दिने उद्देश्यले खोलिएका बैंकले स्थानीय निकायमा हुने आर्थिक कारोबारलाई लक्षित गरेका छन्।

गाउँमैं बैंक आएपछि स्थानीयलाई आर्थिक कारोबारका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या टरेको अदानचुलीका स्थानीय व्यापारी वर्षे रोकायाले बताउनुभयो। यसअघि दुई दिनको पैदल हिडेर स्थानीय बासिन्दा जिल्ला सदरमुकाम सिमकोट पुगी आर्थिक कारोबार गर्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्