मि टु अभियानअन्तर्गत यौन उत्पीडन आरोपको छानबिन हुन्छ ः अमित शाह



नयाँदिल्ली, (एजेन्सी)
भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले मि टु अभियानअन्तर्गत केन्द्रीय मन्त्री एमजे अकबरमाथि लागेको यौन उत्पीडनको आरोपका सम्बन्धमा आफ्नो मौनता तोड्दै त्यसको जाँच हुने बताएका छन्।

भाजपा नेताले स्पष्ट रूपमा अकबरको नाम किटेर आरोपको जाँच हुने बताएको यो पहिलोपटक हो। अमित शाहले आफ्नो बयानमा भनेका छन् ९ हेर्नुपर्नेछ, यो साँचो हो वा झुठो। हामी यी आरोप र आरोप लगाउनेहरूको सत्यता जाँच गर्नुपर्नेछ। तपाईंहरूले मेरो नाम लिएर पनि जे पनि लेख्न सक्छ। यस विषयमा अवश्य सोच्नुपर्छ। राज्यमन्त्री एमजे अकबरको नाम सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले लिएकी थिइन्। एक वर्ष पहिला भोग इन्डियाका लागि ‘टु द हार्बे वाइन्स्टिन्स अफ द वल्र्ड ‘शीर्षकमा लेखिएको लेखलाई रिट्विट गर्दै अफिसमा भएको उत्पीडनका आफ्नो अनुभव साझा गरेकी थिइन्।

रमानीले आफ्नो मुल लेखमा एमजे अकबरको नाम लिएको थिएन तर सोमबार उनले ट्विटमा उक्त लेख एमजे अकबरका बारेमा भएको खुलासा गरेकी थिइन्। त्यसपछि पाँच अन्य महिलाले पनि एमजे अकबरसँग सम्बन्धित आफ्नो अनुभव साझा गरेका थिए। यसअघि भारतका केन्द्रीय मन्त्री स्मृति इरानीले विदेश राज्यमन्त्री अकबरको नाम उल्लेख नगरी उक्त अभियानमा नाम आएका सज्जनहरूले बयान दिनुपर्ने बताएकी थिइन्।

पत्रकारहरूको प्रश्नको जवाफमा उनले भनिन्– ‘म यति नै भन्न सक्छु, यस मामिलामा जसमाथि आरोप लागेका छन्, यसको उत्तर उनीहरूले दिन सक्छ।’ चर्चित सम्पादक तथा वर्तमान सरकारमा विदेश राज्यमन्त्री एमजे अकबरमाथि प्रिडेटरी बिहेवियरको आरोप लागेको छ। जसमा युवा महिलालाई बैठकको नाममा होटलका कोठामा बोलाउने गरेका घटना पनि पर्छन्। त्यसैगरी सञ्चार माध्यमले विदेशमन्त्री सुषमा स्वराजसँग पनि एमजे अकबरमाथि लागेका आरोपका बारेमा प्रश्न राखेका थिए तर उनी ती प्रश्नको जवाफ नदिइकन हिँडेकी थिइन्।

जाँच कमिटी गठन गर्ने
भारत सरकारले मिटु अभियानअन्तर्गत बाहिर आएका मामिलाको जाँच गराउने निर्णय गरेको छ। केन्द्रीय महिला तथा बाल विकास मन्त्री मेनका गान्धीले शुक्रबार अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा एक कमिटी गठन गरिने जानकारी दिएकी छिन्। त्यसले मि टु अभियानमा सार्वजनिक भएका मामिलाको जाँच गर्ने उनले बताइन्।

केन्द्रीय मन्त्रीले त्यस्ता उजुरीको पछाडिका सबै पीडालाई विश्वास गर्ने र ती सबै मामिलालाई पनि विश्वास गर्ने बताएकी छिन्। पीटीआईलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्– ‘मि टु अभियानअन्तर्गत आउने सबै मामिलाको जाँचका लागि मैले एक कमिटी बनाउने प्रस्ताव दिएको छु, जसमा वरिष्ठ न्यायिक अधिकारी तथा कानुनका विज्ञहरू सहभागी हुनेछ।

यौन शोषणका उजुरीहरूको न्यायिक समाधानका लागि सबै उपाय तथा त्योसँग सम्बन्धित कानुनी तथा संस्थागत फ्रेमवर्क तयार गर्न उक्त कमिटीले मद्दत गर्नेछ। धेरैजसो माहिलाले मि टु अभियानअन्तर्गत सामाजिक सञ्जालमा आफूमाथि भएका यौन उत्पीडनका विषयमा लेखिरहेका छन्। मि टु अभियानमा केन्द्रीय मन्त्री एमजे अकबरमाथि लागेको आरोपका विषयमा सोधिएको एक प्रश्नको जवाफमा मेनका गान्धीले कुनै पनि व्यक्तिविरुद्ध लागेका यौन शोषणका आरोपहरूको गम्भीरतापूर्वक लिनुपर्ने बताए। शक्तिशाली भएपछि पुरुष प्रायः त्यस्तो गर्ने गान्धीले मंगलबार बताएकी थिइन्। यो सञ्चार माध्यमसँगै राजनीति र निजी कम्पनीहरूमा पनि लागू हुने उनले थपिन्।

भारतमा सत्तारुढ पार्टी भाजपामा पनि मि टु अभियानका समर्थक बढिरहेका छन्। मेनका गान्धीपछि आफ्नो बयानका कारण विवादमा आउने गरेका भाजपा नेता तथा राज्यसभा सांसद सब्रमण्यम् स्वामीले पनि यस अभियानप्रति समर्थन व्यक्त गरेका छन्। एमजे अकबर प्रकरणमा सोधिएको प्रश्नको जवाफमा उनीमाथि एकजना नभएर कयौं महिलाले आरोप लगाएको उनले बताए। आफू मि टु अभियानका समर्थक रहेको उल्लेख गर्दै लामो समयपछि महिलाहरू अगाडि आउनुमा कुनै खराबी नभएको उनले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस मुद्दामा आफ्नो धारण स्पष्ट पार्नुपर्ने उनले थपे।

प्रतिक्रिया दिनुहोस्