हिटलर समलिंगी भएको संकेत



बर्लिन, (एजेन्सी)
अमेरिकी गुप्तचर एजेन्सीको एक प्रतिवेदनले जर्मनीका तानाशाह एडोल्फ हिटलर समलिंगी भएको संकेत गरेको बताइएको छ। अमेरिकी गुप्तचर एजेन्सी सीआईएको एक प्रतिवदेनमा हिटलरले आफ्नो जीवनको कयौं वर्ष अस्ट्रियाको एक गे होस्टलमा बिताएको उल्लेख गरिएको छ।

उक्त प्रतिवेदन दोस्रो विश्व युद्धताका तयार गरिएको थियो। सन् १९४३ मा तत्कालिन अमेरिकी राष्ट्रपति फ्रान्कलिन डि रुजवेल्टका लागि तयार गरिएको उक्त प्रतिवेदनमा हिटलर होमोसेक्सुअल र हेट्रोसेक्सुयल दुबै भएको उल्लेख गरिएको छ।

डेली मेलका अनुसार ७० पृष्ठको प्रतिवेदनमा हिटलर आफ्नै सहायक रुडोल्फ हेसतर्फ आकर्षित रहेको उल्लेख गरिएको छ। उक्त प्रतिवेदन ≈वाइट हाउसका विशेष इन्टेलिजेन्स युनिटका सदस्य हेनरी फिल्डद्वारा तयार गरिएको थियो। प्रतिवेदनमा भनिएको छ, हिटलर सन् १९१० देखि १९१३ को बीच भियनाको एक पुरुष होस्टलमा बसेका थिए। त्यतिबेला उनी बेरोजगारी थिए र एक कलाकारका रूपमा आफ्नो पहिचान बनाउने प्रयासमा थिए। तर पिताबाट पुख्र्यौली सम्पती पाएपछि उनी जर्मनी फर्केका थिए।

हिटलर जुन होस्टलमा बस्थे त्यहाँ बयस्क आफ्नो समलिंगी इच्छा पूर्ति गर्नका लागि युवकहरूको खोजीमा आउने गरेको अफिस अफ स्ट्रेटेजिनक सर्विसेज फाइल्सले दाबी गरेको थियो। हिटलरको लैंगिकतालाई लिएर सन् १९२० ९३० को दशमा उनका निकट रहेका अर्नेस्ट सेजविकले जानकारी दिएका थिए। यद्यपि पछि उनले हिटलरलाई छोडेर बेलायत भागेका थिए। त्यसपछि उनी अमेरिका गएका थिए र त्यहाँ राष्ट्रपति रुजवेल्टका लागि काम गर्न थालेका थिए।

प्रतिक्रिया दिनुहोस्