मानअधिकार परिषद्को सदस्य



नयाँदिल्ली, (एजेन्सी)
भारत संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। भारतलाई अन्य सबै सदस्य देशको बीचमा सबैभन्दा धेरै मतले चयन गरिएको हो। शुक्रबार संयुक्त राष्ट्रसंघको १ सय ९३ सदस्य रहेको महासभाले आगामी ३ वर्षका लागि मानवअधिकार परिषद्का नयाँ सदस्यको घोषणा गरेको हो। एसिया प्रशान्त क्षेत्रबाट मानवअधिकार परिषद्मा कुल ५ सिट छन्, जसमा भारतसहित बहराइन, बंगलादेश, फिजी र फिलिपिन्सले दाबी गरेका थिए। परिषद्को चुनाव गोप्य मतदानको माध्यमबाट हुने गर्छ। नयाँ सदस्यको कार्यकाल सन् २०१९ जनवरीदेखि शुरू हुन्छ र तीन वर्षसम्म रहन्छ।

प्रतिक्रिया दिनुहोस्