कर्ण बोहरा स्मृति क्रिकेटमा दोगडाकेदार सेमिफाईनल नजिक



महेन्द्रनगर ।
बैतडीको दोगडाकेदार युवा क्लबले कञ्चनपुरको महेन्द्रनगरमा जारी स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै सेमिफाईनल नजिक पुगेको छ ।

महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा शनिवार सम्पन्न खेलमा नेक्सस रेड काठमाडौंलाई ७ विकेटले पाखा लगाउर्दै दोगडाकेदार सेमिफाईनल नजिक पुगेको हो ।

टस हारेर ब्याटिंगको निम्ता पाएको काठमाडौंले निर्धारित २० ओभरमा अर्जुन गिरीको सर्वाधिक २५ रनको मद्दतमा ९ विकेटको क्षतीमा १२३ रन बनाएको थियो । दोगडाकेदारका लागी भुपेन्द्र चन्दले उत्कृष्ट बलिंग गर्दै ३ ओभरमा १३ रन खर्चेर ५ विकेट हात पारेका थिए । यस्तै गजेन्द्र बोहराले २ विकेट लिएका थिए ।


१२४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दोगडाकेदारले १६ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको हो । दोगडाकेदारका सन्दिप जोराले उत्कृष्ट व्याटिंग गर्दै अर्धसतकिय पारीका साथ ६० रनको योगदान गरेका थिए । यस्तै गजेन्द्र बोहराले ३१ तथा दिपक बोहराले २७ रन हिर्काएका थिए । काठमाडौंका लागी दिनेश आग्री,बिशाल पौडेल र हेमन्त थापाले एक एक विकेट हात पारेका थिए । दोगडाकेदारका भुपेन्द्र चन्द म्यान अफ द म्याच घोषित भएका स्कोरर नरेन्द्र राज भट्टले जानकारी दिए ।

 

दोगडाकेदारले लगातार तिन खेल जितेपनि सिधै सेमिफाईनलमा स्थान सुरक्षित गर्न १ खेल अनिवार्य जित्नुपर्ने भएको छ । अम्पायर निरञ्जन बोहराका अनुसार दोगडाकेदारको समूहमा रहेका अन्य टोलीले अबका खेल हारेमा अर्थात अरुले पनि समान तिन तिन खेल जित रनरेटका आधारमा सेमिफाईनलका टुगों लाग्ने भएको छ । दोगडाकेदारले चौथो खेलमा आईतवार क्रस साईड महेनद्रनगरसंग प्रतिस्प्रर्धा गर्नेछ ।

महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा उपाधी विजेताले १ लाख ५१ हजार र उप विजेताले ७५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष एव ः न्यूज २४ टिभीका सुदूरपश्चिम ब्यूरो प्रमुख एव स्थानीय पश्चिम नेपाल दैनिकका सम्पादक बोहराको २०७३ सालमा मृत्यु भएको थियो । पत्रकार बोहराकै स्मृतिमा किकेट प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्