शिरीषले जिते वाटर च्याम्पियनसिप



नेपाल समाचारपत्र
काठमाडौं
ओलम्पियन शिरीष गुरुङले पोखराको फेवातालमा सम्पन्न आठौं ओपन वाटर स्विमिङ च्याम्पियनसिप जितेका छन्। उनले २ दशमलव ५ किमिको दूरी २१ मिनट ३२ दशमलव ६७ सेकेन्डमा पूरा गरे। यसअघि पाँचौं र छैटौं संस्करणमा विजेता बनेका उनले २५ हजार नगद पुरस्कार पनि हात पारेका छन्। अघिल्लो संस्करणमा भने एपीएफका देवेश मानन्धर विजेता बनेका थिए।

नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराही घाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनट ३८ दशमलव ३१ सेकेन्ड समयका साथ दोस्रो भए। उनले नगद १५ हजार हासिल गरे। तेस्रो स्थानमा रहेका अविरल भण्डारीले २१ मिनेट ४२ दशमलव ३१ सेकेन्ड समयमा दूरी पार गरेका थिए। उनले नगद १० हजार प्राप्त गरे।

महिलातर्फको प्रतिस्पर्धामा उपास्ती महर्जनले २२ मिनट ३३ दशमलव ३५ सेकेन्ड समय खर्च गर्दै स्वर्ण हात पारिन्। उनले नगद १५ हजार प्राप्त गरिन्। यसैगरी २३ मिनट ५५ दशमलव ९५ सेकेन्ड समयका साथ समिरा शोभा थापाले रजत जितिन्। कांस्य पदक जितेकी श्रेवी महर्जनले २४ मिनेट ०५ दशमलव ७७ सेकेन्ड समय लगाइन्। रजत र कांस्य पदक जित्नेले क्रमशः नगद १० र ८ हजार नगद प्राप्त गरे।

कास्की जिल्लाका लागि मात्र भएको प्रतिस्पर्धामा धनमान गुरुङले २६ मिनट ४८ दशमलव ७४ समयका साथ स्वर्ण पाए। उनले नगद ८ हजार प्राप्त गरे। दोस्रो भएका अर्जुन नेपालीले नगद ५ हजार प्राप्त गरे। उनले ३० मिनट १८ दशमलव १० सेकेन्ड समय लगाए। तेस्रो स्थानमा रहेका ठाकुर चौधरीले ३३ मिनट ५६ दशमलव ४९ सेकेन्ड समय लगाए। चौधरीले नगद ३ हजार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्