मानवसहितको अन्तरिक्ष यात्रा आगामी गर्मीमा



मस्को, (एजेन्सी)
रुसी अन्तरिक्ष एजेन्सीका प्रमुखले पछिल्लो अन्तरिक्ष अभियान असफल भएपछि आगामी गर्मी मौसममा मात्र उनीहरू अन्तरिक्षमा जाने सम्भावना रहेको बताएका छन्। रुसी अन्तरिक्ष यात्री अलेकसी ओवचिनिन र अमेरिकी अन्तरिक्ष यात्री निक हेगको चढेको यान अकस्मात् अन्तरिक्ष केन्द्र अभियानमा असफल भएको थियो।

अन्तरिक्ष एजेन्सी रस्कोस्मोसका प्रमुख दमित्री रोगोजिनले ट्विटरमा उनीहरू निश्चितरूपमा जाने उल्लेख गरेका जाने। उनले ओवचिनिन र हेगसँगको आफ्नो एक तस्वीर पनि साझा गरेका छन्। उनले भने– ‘हामीले अर्को वर्ष गर्मीका लागि उनीहरूको उडान योजना बनाइरहेका छौं।’

उनीहरू मस्कोबाहिर अवस्थित स्टार सिटी अन्तरिक्ष प्रशिक्षण केन्द्र फर्केको पनि उनले बताए। बिहीबार कजाखस्तानको बैकानुर अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको केही समयपछि नै सोयुज रकेट असफल भएको तर दुवै अन्तरिक्ष यात्रीको सकुशल अवतरण भएको थियो।

भार कमीका कारण दुर्घटना

उक्त अभियानमा आबद्ध विज्ञहरूले भारको कमीका कारण उक्त दुर्घटना भएको सम्भावना व्यक्त गरेका छन्। रुसी जाँच अधिकारीहरूले उक्त घटनाको जाँच थालेका छन्। हालैका वर्षमा रुसी अन्तरिक्ष उद्योगले कयौं समस्या झेलिरहेका छन्। कयौं उपग्रह र अन्य अन्तरिक्ष यानमा पनि रुसी अन्तरिक्ष एजेन्सीले नोक्सान बेहोर्नु परिरहेको छ। भारको कमीलाई प्राविधिक कमजोरीका रूपमा लिइन्छ र अभियान नियन्त्रण टोलीलाई यसको संकेत प्राप्त भएपछि अन्तरिक्ष यात्रीलाई क्रु क्याप्सुलका माध्यमबाट दुवैलाई अन्तरिक्षयानबाट सुरक्षित निकालिएको थियो।

सोभियत संघको विघटनपछि रुसको इतिहासमा यो पहिलो यस प्रकारको दुर्घटना हो। यसै हप्ता नासाका प्रशासक जिम ब्रिटेनस्टिन रुस र बैकानुरको भ्रमणमा थिए र यसैबीच उक्त असफल प्रक्षेपण भएको हो। सोयुज रकेट सोभियत रुसले डिजानइन गरेको थियो र अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) का लागि एकमात्र जीवनरेखा हो र यस दुर्घटनाले उक्त अन्तरिक्ष प्रयोगशालाको कामकाज प्रभावित हुने अनुमान गरिएको छ। यस दुर्घटनापछि सबै मानवसहितको प्रक्षेपण स्थगित गरिएको छ र एक आपराधिक जाँच शुरू गरिएको छ।

अन्तरिक्ष अभियान असफल भएकोमा रुसी सञ्चारमाध्यमले आलोचना गरेका छन्। क्रेमलिन समर्थक इज्वेस्तिया अखबारले उक्त घटनाको उल्लेख गर्दै यस दुर्घटनाले सोयुजमा एक विश्वासिलो सुरक्षा प्रणाली रहेको प्रमाणित भएको उल्लेख गरेको छ। उक्त प्रणालीको विकाश १९८६ मा तयार गरिएको थियो। सोवियत अन्तरिक्ष कार्यक्रमको इतिहासमा यस प्रको दुई मानवसहित असफल अभियान भएको थियो। यद्यपि नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले सोभियत कालीन सोयुज रकेटको विश्वसनीयतामा विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्