हत्याको प्रमाण



इस्तानबुल, (एजेन्सी)

तुर्केली अधिकारीहरूले हराइरहेका साउदी पत्रकार जमाल खसोगीलाई इस्तानबुलस्थित साउदी नियोगमा यातना दिँदै हत्या गरेको अडियो तथा भिडियो प्रमाण प्राप्त गरेको शुक्रबार अमेरिकी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकाको वासिङ्टन पोस्टका पत्रकार खसोगी साउदी सरकारका कट्टर आलोचक रहेका छन्। २ अक्टोबरमा सो नियोगमा प्रवेश गरेयता खसोगी बेपत्ता भएका थिए। टर्कीले एउटा अडियो रिकर्डिङले उनको हत्या पछाडि साउदी सुरक्षा टोलीको हात रहेको स्पष्ट प्रमाण दिने अमेरिकी अधिकारीहरूलाई बताएका छन्। तर, साउदीले भने हत्याको आरोप अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्