दशैं तिहारको मेकअप र स्टाइल



 

 

नेपाली हिन्दुको महान चाड दशैं र तिहार। दशैं र तिहार भन्नेबित्तिकै ठुलोबडाको आर्शिबाद थाप्ने भन्ने बुभ्mछौँ। संसारको जहाँसुकै काम गर्न गए पनि यो महान चाडमा गाउँघरमा फर्किएर आफन्त र मान्यजनहरूको हातबाट आशिर्बाद थाप्ने गरिन्छ।

चाहे सेलिब्रेटी हुन् या आम मानिस, यसरी आशिर्बाद थाप्न जाँदा महिला मेकअप दिनभरि टिकाउ हुने गरी गर्यौँ भने सहज हुन्छ। मेकअपको साथ साथै हामीले लगाउने कपडा अनि हेयर स्टाइल पनि ध्यानमा राखेर बनाउने र लगाउने गर्यो भने दिनभरि मान्यजनकहाँ जाँदा सबैलाई सहज हुन्छ।

मेकअप गर्दा बिबाहित महिलाले ब्राइट देखिने हल्का र अबिबाहितले सिम्पल र नेचुरल मेकअप गर्दा राम्रो देखिन्छ। हेभी मेकअपले आफुलाई मात्र होइन, हेर्नेलाई समेत अप्mटेरो महशुष गराउँछ। दशैँ र तिहारको टिकाको दिन अगाडि मठ–मन्दिर जाने प्रचलन भएकोले वाटरफ्रप मेकअप गर्नु‘पर्छ।

साथै दशैँको टिका लगाउने दिनमा विवाहित महिलाले रातो एवं ब्राइट कलरका पहिरन लगाउँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ। जसमा आइज स्मोकी हुनुपर्छ। त्यसमा पनि गोल्डन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ।

डार्क सर्कल छ भने कन्सुलरले छोप्ने, पेनस्टिक लगाउने, ह्वाइट पाउडर प्रयोग गर्ने गर्नुपर्छ।

सुष्मा महरा
व्युटिसियन

चाहे सेलिब्रेटी हुन् या आम मानिस, यसरी आशिर्बाद थाप्न जाँदा महिला मेकअप दिनभरि टिकाउ हुने गरी गर्यौँ भने सहज हुन्छ। मेकअपको साथ साथै हामीले लगाउने कपडा अनि हेयर स्टाइल पनि ध्यानमा राखेर बनाउने र लगाउने गर्यो भने दिनभरि मान्यजनकहाँ जाँदा सबैलाई सहज हुन्छ।

 

आइ मेकअप

कपर स्मोकी आई साडी, गाउन, कुर्ती जेमा पनि सुहाउँछ। कपर स्मोकीमा गोल्डेन वा सिल्भर आई स्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्नुपर्छ। आँखाको सेप गोलो छ भने राउन्ड सेप दिनुपर्छ। मंगोलियन चिन्की आइजलाई स्मोकी आइ त्यति सुहाउँदैन।

आर्यन फेसमा स्मोकी आई निकै राम्रो देखिन्छ। ब्ल्याक स्मोकी आइ मेकअपले सानो आँखालाई ठूलो देखाउँछ। पहिले पेन्सिलले सेप कोर्ने, त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्क माथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने गर्नुपर्छ।

फेस कटिङ
गोलो फेसलाई लाम्चो तरिकाले कटिङ गर्ने, कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने। लामो फेसलाई छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिनुपर्छ। चिउँडोको हड्डी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ। ब्राउन्जरले नाक कटिङ गर्नु उपयुक्त हुन्छ। आर्यन नाकमा बीचको भाग ठूलो राखे राम्रो। त्यसपछि ब्राउन्जर लगाइएको भाग माथि ब्लसर लगाए गजब देखिन्छ।

लिप
तीजमा रातै लिपिस्टिक खुल्छ। गाउन वा वान पिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ। दशै तिहारजस्तो चाडबाडमा दिनभर टिकाउको लागि म्याट लिपिस्टिक उपयुक्त हुन्छ। लिप केयरका लागि ओठको छाला अन्य छालाभन्दा निकै नरम तथा कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्नुपर्छ।

राति सुत्नुअघि पेट्रोलियम जेली लगाउनै पर्छ। यदि दुवै ओठ मिलेको छ भने लिप पेन्सिल आउट लाइन दिएर लिपिस्टिक प्रयोग गर्न‘पर्छ। लामो समय टिकाउनका लागि लिपिस्टिक लगाउनुअघि फाउन्डेसन लगाउनुपर्छ। कुन कलरको लिपिस्टिक लगाउने हो, त्योभन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउनुपर्छ। नेल आर्ट तीजका बेला नङ पनि आकर्षक देखिनुपर्छ।

यदि आफनो नङ राम्रो छैन भने फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ। नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ। नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ। पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाका लागि उपयुक्त मानिन्छ। यसले सफा, डिसेन्ट तथा स्ट्यान्डर लुक्स दिन्न्छ। नेल आर्ट पानी खेल्दा वा लुगा धुँदा पनि जाँदैन।

हेयर स्टाइल

हेयरमा मेसी बन राम्रो देखिन्छ। केश लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ। लामो केशमा मेसी बन खुल्छ।

फिनिसिङ मेकअप

सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किर्नुपर्छ। यसरी मेकअप गरिसकेपछि राति सुत्नु अघि दिनभरि थापेको टिकाले कहिलेकाहीँ निधारमा एलर्जी हुन सक्ने संभावना भएकोले राम्ररी मेकअप रिमुभरले पुछेर एकछिन क्लीजीन गरी फेसवाश गर्नुपर्छ अनि स्किन टोनर र स्किन बैलेन्सिंग क्रीम लगाएर सुत्दा स्किन पनि ड्यामेज हुँदैन र हेल्दी पनि देखिन्छ।

मेकअप गरेपछि सावधानी पनि अपनाउनु जरुरी छ। मेकअप गरेको बेला सुत्नुअघि राम्ररी मेकअप रिमुभ गर्ने बानि बसाल्नुपर्छ। यत्तीकै सुतेको खाण्डमा स्किन ड्यामेज हुन सक्छ। ठुलो ठुलो समस्या पनि आउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्