धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छः मुख्यमन्त्री भट्ट



धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिनुभएको छ ।

आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले धानको बिक्री गर्दा किसानलाई घाटा व्यहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टको पनि सहभागिता थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्