आत्मरक्षाको शिविर सम्पन्न



मनोज भट्ट, महेन्द्रनगर ।
दिनहु बलात्कार र महिला हिंसाका घटना बढ्न थालेको भन्दै राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाहरुका लागि सञ्चालन गरेको ‘आत्मरक्षा शिविर’ सम्पन्न भएको छ । गत शनिवारदेखि शुरु भएको शिविर ७ दिन सञ्चालन भइ शुक्रवार सम्पन्न भएको हो ।

शिविरमा सुदूरपश्चिम प्रदेशका झण्डै १७ सय जना महिलाहरुको सहभागीता रहेका थियो । शिविरबाट प्रतिकार गर्न सक्ने क्षमता बढेको सहभागीहरुको भनाइ छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय गोजुरियो कराते दो संघको संयुक्त आयोजनामा सुरु भएको आत्मरक्षा शिविरले महिला हिसां न्यूनीकरणमा टेवा पुगाउने विश्वास पनि गरिएको छ ।


सुदुरपश्चिम प्रदेशबाट सुरु गरिएको आत्मरक्षा शिविर देश भरिनै सञ्चालन गरिने आयोजकले दावी गरेको छ । महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणमा शिविरले सहयोग पुगाएको बिश्वास आयोजनको छ ।

प्रतिक्रिया दिनुहोस्