रोल्पाको सुरक्षा अवस्था भूमरी भित्रको शान्त



महेश न्यौपाने, रोल्पा ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुरक्षा चूनौतीको रुपमा जवरजस्त आईरहेको रोल्पामा शुक्रवार आयोजित एक कार्यक्रमका सहभागीहरुले चर्चा गरे । नामै किटान नगरे पनि “उनीहरु” भनेर सांकेतिक भाषा प्रयोग गरेका वक्ताहरुले विप्लव नेकपाको गतिविधिका कारण अहिलेको अवस्था भूमरी भित्रको शान्त भनेर चित्रण गरे ।

कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजनैतिक आवरणमा केही परिघटना तीव्र ढंगले वढिरहेको वताए । राजनैतिक आवरणमा अवाञ्छित घटना भईरहेको वताउदै त्यसको मलजल नगर्न संविधान मान्ने सवै पक्षलाई आग्रह गरे । रोल्पावाट पुनः जेहाद छेड्ने संकेत देखिन थालेको औल्याउदै समयमै यसको नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन दिए ।

जिल्लाका सवै स्थानीय तहहरुमा पत्र पठाएर वैकल्पीक सत्ता संचालन भएको जनाउ दिएको प्रंसङ्ग उल्लेख गर्दै वर्तमान संविधान भित्र यो अस्वीकार्य विषय हो मन्त्री केसीले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र पुनले संघीयता पक्षधरहरुको कतिपय जान अनजान कामले पनि संघीयता विरोधीहरुकालाई मलजल पुगेको विचार व्यक्त गरे । संघीयताका लागि ठूलो लडाई लडेको स्मरण गर्दै यसको विकल्पमा अर्को व्यवस्थाको संभावना नभएको वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले रोल्पालीहरु ईमान्दार भएको वताउदै जसले पनि प्रयोग गर्न सक्ने भएकाले सचेत हुनु पर्ने धारणा व्यक्त गरे । दश वर्ष लामो सशस्त्र युद्धमा समेत नेतृत्वको विश्वासका कारण करिव १ हजार रोल्पालीले ज्यान गुमाएको वताउदै त्यस्तो अवस्था पुनः आउन सक्ने भएकाले समयमै सचेत हुनु पर्ने प्रमुख वुढाको भनाई थियो । रोल्पाको वर्तमान सुरक्षा अवस्था प्रति टिप्पणी गर्दै प्रमुख वुढाले भने भित्र भित्रै भूमरी नाचिरहे पनि वाहिर भने शान्त नै छ । शान्तमा अति शान्त र विद्रोहमा अधिक विद्रोह रोल्पालीको पहिचान भएकाले विद्रोहको अवस्था सम्म जान नदिन सवै पक्ष संवेदनशील हुनु पर्ने प्रमुख वुढाको भनाई थियो ।
पूर्व माओवादी नेता रहेका तीनै जना जनप्रतिनिधिहरुको सुरक्षा चिन्ताले जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को प्रभाव विस्तारै वढ्दै गएको सहजै वुझ्न सकिन्थ्यो । कार्यक्रममा वोल्ने अन्य वक्ताहरु भन्दा पूर्व माओवादी नेताहरु नै यस विषयमा वढी चिन्तित देखिन्थे । सुरक्षा चूनौतीलाई प्रारम्भमा नै व्यवस्थापन गर्न जिल्लामा सशस्त्र प्रहरी वलको उपस्थिति जरुरी रहेकोले स्थापना गरिएको उनीहरुको तर्क थियो ।

यस पूर्व सशस्त्र प्रहरी वलको जिल्ला स्थीत क्याम्प नभएको रोल्पामा शुक्रवार गुल्म स्थापना गरिएको छ । सदरमुकाम लिवाङ स्थीत शिक्षा विकास तथा समन्वय ईकाइको भवनमा स्थापना भएको उक्त गुल्म स्थापना संगै जिल्लाको सुरक्षा अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्