सिन्धुलीमा माइक्रोबस दुर्घटना, १ जनाको ज्यान गयो



नेपाल समाचारपत्र, काठमाडौं
सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ । सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।

५ जना सवार उक्त बसमा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

सिन्धुलीबाट प्रहरी रामेश्वर यादवले घटनाको जानकारी दिँदै घाइतेलाई अस्पताल लगिएको र घटनाको अनुसन्धान भैरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्