फ्लोरिडामा सामुद्रिक आँधी माइकलको बितन्डा, सय वर्षकै सबैभन्दा विध्वंशकारी



अरेन्ज काउन्टी, (एजेन्सी)
सामुद्रिक आँधी माइकल अमेरिकाको फ्लोरिडा राज्यको तटमा प्रवेश गरेको छ। यो आँधी खतरा श्रेणी ४ मा पुगेको छ, अर्थात् यो अत्यधिक खतरनाक आँधीको दर्जामा परेको छ। नेसनल हरिकेन सेन्टरअनुसार बुधबार अपराह्न उक्त आँधीले फ्लोरिडाको मेक्सिकोबीचबाट प्रवेश गरेको हो । फ्लोरिडाको गभर्नर रिक स्कटले यसलाई अकल्पनीय विनासको चेतावनी भएको बताए। यस आँधीलाई १ सय वर्षमा सबैभन्दा नराम्रो तुफान भएको उनले बताए।

मध्य अमेरिकामा गत सप्ताहका अन्त्यतिर आँधीबेहेरीसहितको भीषण वर्षा र बाढीबाट १३ जनाको मृत्यु भएको जनाइएको छ। यो आँधी २ सय ५० किलोमिटर प्रतिघन्टाको वेगले अगाडि बढीरहेको छ। फ्लोरिडामा हजारौं नागरिकलाई बस्दै आएको ठाउँ खाली गर्न भनिएको थियो। तर कयौं अझै त्यहाँबाट निस्कन पाएका छैनन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरु अब निस्कन सजिलो नभएको बताएका छन्। उनले भने– ‘उनीहरुमध्ये केहीलाई त्यो ठाउँ छोड्न त्यति सजिलो छैन। केही इलाकामा अत्यन्त गरिब छन्। बिना धन कुनै पनि व्यक्तिका लागि ठाउँ छोडेर सुरक्षित स्थान जान सहज हुँदैन। हामीले बसहरु पठाएका छौं। त्यहाँका बासिन्दालाई निकाल्नका लागि हामी धेरै प्रकारले प्रयास गरिरहेका छौंं।’ माइकल तुफान अमेरिकाको पूर्वी तटमा तीव्र गतिमा बढ्नेछ र ती इलाकामा भीषण वर्षा गराउनेछ। यो त्यही इलाका हो जुन गत महिना आएको सामुद्रिक आँधी फोरेन्सको विध्वंशबाट अहिलेसम्म पनि सामान्य हुन सकेको छैन।

राष्ट्रिय सामुद्रिक आँधी केन्द्रले तटीय इलाकाका बासिन्दालाई वातावरण शान्त देखेर बाहिर ननिस्कन चेतावनी दिएको छ। कुनै पनि बेला खतरनाक आँधीसहित हावाहुरी आउन सक्ने उसले जनाएको छ। फ्लोरिडामा ३ लाख ७० हजारभन्दा धेरै बासिन्दालाई इलाका खाली गर्न र उच्च ठाउँमा जान आदेश दिइएको थियो। तर अधिकारीहरुको अनुमानअनुसार अत्यन्तै थोरैले मात्र इलाका छोडेका छन्। गभर्नर रिक स्कटले अब त्यहाँबाट निस्कने समय सकिएको चेतावनी दिएका छन्।

‘यदि तपाईं तटीय क्षेत्रमा हो भने आफ्नो घर नछोड्नुहोला। तटीय क्षेत्रबाट निस्कने समय आएर पनि बितिसकेको छ। स्थानीय अधिकारीले भनेको सुन्नुहोस्। यदी तपार्इं इनल्यान्ड काउन्टीमा हो भने तपाईंसँग आश्रय लिने अन्तिम अवसर हुनसक्छ। तर त्यतिबेलामा हुनेछ जुनबेला स्थानीय अधिकारीका लागि त्यो सुरक्षित लागोस्। यदि तपार्इं इलाकाबाट निस्कने फैसला नलिएको हो भने कृपया आश्रयका लागि स्थान खोज्नुस्। शरणका लागि ठाउँ खोज्नुस्।’

राष्ट्रिय विपत्ती व्यवास्थापन निकायका निर्देशक ब्रक लाङले ह्वाइट हाउसमा राष्ट्रपतिलाई आफू सन् २००१ भन्दा पहिला बनेका घरहरुलाई लिएर चिन्तित रहेको बताए। किनभने ती घरहरु आँधीको सामना गर्न सक्षम नभएको उनले बताए। अलाबामा र जर्जियासँगै फ्लोरिडामा पनि आपत्कालीन स्थितिको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्