तस्वीर माग



इस्तानबुल, (एजेन्सी)

तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले साउदी अरेबियालाई बिहीबार अहिलेसम्म हराइरहेका वासिङ्टन पोस्टका पत्रकार साउदी नागरिक जमाल खासोगीले इस्तानबुलस्थित साउदी नियोक छोडेको प्रमाणित गर्ने तस्वीरहरु सार्वजनिक गर्न आग्रह गरेका छन्। तुर्केली दैनिक अखबार हुर्रियतले एर्दोगानले उक्त नियोगमा कुनै पनि क्यामेरा प्रणाली नहुनु सम्भव छ भनी प्रश्न तेर्साएको जनाएको छ। खासोगीलाई गत साता अन्तिमपटक सो नियोगमा प्रवेश गरेको देखिएको थियो। तुर्केली अधिकारीहरुले उनलाई त्यहीं हत्या गरेको दाबी गरेका छन्। तर साउदीले यो कुरा अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्