नेकपा नुवाकोटको कार्यालय स्थापना



शालिकराम चालिसे, नुवाकोट ।
नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी विदुरको कार्यालयमा नेकपा नुवाकोटको कार्यालय स्थापना गरिएको हो ।

विदुरमा आज आयोजित कार्यक्रममा नेकपाकी प्रदेश नं ३ की संयोजक अष्टलक्ष्मी शाक्य, उपसंयोजक हितबहादुर तामाङ, प्रतिनिधसभाका सदस्य नारायनप्रसाद खतिवडा लगायतले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरेका थिए । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा (माओवादी केन्द्र)को जिल्ला तहमा एकता प्रक्रिया भने शुरु भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको प्रदेश नं ३ की संयोजक शाक्यले बताइन । शाक्यले निर्वाचनपछि नुवाकोटजस्तो कांग्रेसको किल्ला पुरै वाममय भएको भन्दै सबै नेताले जनताको काम र पिरमर्कालाई बुझन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा प्रदेश नं ३ का उपसंयोजक हितबहादुर तामाङले पाटी एकिकरण भएपनि पार्टीले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए र उनले पार्टी एक भएपनि जिल्ला र स्थानिय तहमा एकिकरण गर्न नसकेकोले समस्या भएको बताए । त्यस्तै प्रतिनिधिसभाका सांसद तथा एमाले नेता नारायण प्रसाद खतिवडाले संघिय सरकार र नुवाकोटे जनताको समस्या सरकारसामु पुराउने काम गर्ने बताए । उनले आफु जनप्रतिनिधि भएकोले सकै कामको समन्वय गर्न तयार रहेको बताए ।

नुवाकोटमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले कार्यदलले एकताको खाका बनाइरहेको नेकपाका जिल्ला सचिव बुद्धि प्रधानले बताए । एकता कार्यदलले नेकपाका स्थानीय कमिटी, पेशागत, भ्रातृ तथा जनवर्गीय सङ्गठन, विभाग तथा मोर्चाको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्