नेवि संघले शीर्ष नेता समेत विवादित



काठमाडौं ।
नेपाली काङ्ग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थि संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाईको विषय बनेको छ ।
नेविसंघको केन्द्रिय बैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान संशोधनलाई वेवास्ता गर्दै पार्टीका नेताहरुले आफुखुशी ३२ वर्षे उमेरहद कायम गरेपछि अझ बढेको हो । मातृपार्टी जस्तै गुट उपगुटमा विभाजित नेविसंघका नेताहरुलेसंस्थापन पक्ष पराजित हुने पक्का भएपछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरवहादुर देउवापक्षका नेताहरु लागेको आरोप लगाएका छन् ।

कार्तिक १६ गते हुने भनिएको १२औं अधिवेशनमा उमेरहद कायम गर्दा संस्थापन पक्षबाट अनुजा चलाउने, प्रकाश घिमिरे, प्रेमराज जोशी लगाएतका नेताहरुले नेतृत्वको दाबी गरिरहेका छन् । जसमध्य जोशीलाई ल्याउन सहमहामन्त्री डा. प्रकाशसरण महतले विशेष जोड दिएको बताइन्छ । सभापति देउवाभने यी तीन मध्य जो व्यक्ति नेतृत्वमा आएपनि मन्जुर रहेका छन् ।

काग्रेसका अर्को गुट रामचन्द्र पौडेल पक्षबाट विद्यार्थि नेताहरु शिव रिमाल, सागर परियार लगाएतले नेतृत्व दावी गरिरहेका छन् । यीनिहरुलाई नेतृत्वमा ल्याउन विद्यार्थि नेता रत्तिजत कर्णको समेत विशेष इच्छा रहेको बताइन्छ ।

काग्रेसको अर्को गुट कृष्णप्रसाद सिटौला पक्षबाट विद्यार्थि नेताहरु सुदिप शर्मा, गणेश सापकोटा, जुजाङ्ग शेर्पा लगाएत नेतृत्वको दाबी गरिरहेका छन् । नेविसंघको विवाद शीर्ष नेताहरुको टाउको दुखाईको विषय बनेकै कारण तोकिएको समयमा केन्द्रिय समिति बैठकसमेत नबसि स्थगित हुदै आएको बताइन्छ । यस अघि बसेको केन्द्रिय समिति बैठकले ३२ वर्ष उमेरहद कायम गर्दा काग्रेस शीर्ष नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसिले नोट अफ डिसेन्ट लेखेर असहमति जनाउनु भएको थियो । नेविसंघ केन्द्रिय समितिले बनाएको विधान विपरित आफुखुशी विधान संशोधन गरि केन्द्रिय समितिमा पेश गरिएको भन्दै नेताहरुले असमति जनाएका हुन ।

महाधिवेशनको मिति तय भए संगै नेविसंघ केन्द्रीय समितिले सर्वसहमतीमा विधान पारित गरि जिल्ला र क्याम्पस अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत गरेको थियो । यहिवीचमा अध्यक्ष नैनसिंह महरले गच्छदार समुहलाई विधान विपरित र छलफल र सहमति विपरित १५ जनालाई केन्द्रीय समितिमा मनोनित गरि महाधिवेशनको वातावरण विगारेको सिटौला पक्षको आरोप छ । १२औं महाधिवेशनमा अध्यक्षका आकाक्षि सुदिप शर्माका अनुसार महाधिवेशनमा संस्थापन पक्ष पराजित हुने निश्चित भएको निष्कर्ष निकालि सभापति देउवापक्षका नेताहरु अहिले नेविसंघको महाधिवेशन नै नगर्ने रणनीतिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्