व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण



बुटवल ।
रुपन्देहीका होटल व्यवसायीलाई शान्ति सुरक्षा र लगानीको सवालमा प्रशिक्षण प्रदान गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार विजया दशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रमा शान्ति सु्रक्षाको वारेमा ईलाका प्रहरी कार्यालय बुटवल र लगानीको वारेमा एनआईसी एशिया बैंकले व्यवसायीलाई प्रशिक्षण गर्नु भएको हो ।

एनआईसी एशिया बैंकका पर्यटन कर्जा प्रमुख रोशन कोईरालाले पर्यटन प्रर्वद्धनका लागि बैकले साढे १४ अर्व लगानी गर्ने गरी रकम विनियोजन गरेको बताउनु भयो ।उहाँले न्यूनतम ५० हजार देखि अधिकृतम १ सय ५० करोड सम्म लगानी गर्न सकिने बताउदै व्यवसायीले यो अवसरलाई सदुपयोग गर्न आह्वान गर्नु भयो । त्यस्तै चाडपर्वको समयमा हुने अपराधीक गतिबिधीलाई नियन्त्रण गर्न होटल व्यवसायीले सहयोग गर्न ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले आह्वान गर्नु भयो । प्रनाउ मल्लले बुटवललाई पर्यटकीय हर्वका रुपमा विकास गर्न विशेष क्षेत्र पहिचान गर्न समेत आग्रह गर्नु भयो ।

सो अवसरमा व्यवसायीहरुले प्रदेश ५ को राजधानी समेत रहेको बुटवलमा रातीको १० वजे नै व्यवसाय बन्द गर्नु पर्दा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सेवा प्रदानमा कठिनायी भएकोले समयाबधी बढाउन माग गर्नु भएको थियो ।

संघका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल, संघका सल्लाहकार हिराध्वज शाह, महेन्द्र श्रेष्ठ , बावुराम श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ,, महिला समिति संयोजक चन्द्रा गौतम, व्यवसायी कमल खनाल, महासचिव माधव कुमार खनाल लगायतले व्यवसायीको सुरक्षाका लागि स्थानिय र प्रदेश सरकार गम्भिर हुनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्