आमनागरिकको विश्वास प्रहरी संगठनको शक्तिको श्रोत हाेः महानिरीक्षक खनाल



काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६३ औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्नुहुने प्रहरी अधिकृतहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले वडा प्रहरी कार्यालय, बिर्ता पर्साको नयाँ भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गर्नुहुने पूर्व प्रहरी नायव उपरीक्षक अलिशेष देवानलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रम निर्माण कार्यमा २०५९ सालदेखि निरन्तर कलाकारको भूमिका निर्वाह गरी सहयोग गर्नुहुने दुधौली नगरपालिका(७ सिन्धुलीकी चन्द्रकला दाहाल, मुग्लीङ सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएका प्रहरी कर्मचारीहरू तथा विभिन्न प्रहरी कार्यालयहरूमा आर्थिक सहयोग गर्नुभएका भरतपुर महानगरपालिका(७ चितवनका बाबुराम अधिकारी र अवैध अन्तर्राष्ट्रिय कल बाइपास नियन्त्रण तथा अनुसन्धानमा आवश्यक प्राविधिक सहयोग गर्नुहुने एनसेल प्रालिका सचिन्द्र प्रधानलाई कदरपत्र प्रदान गर्नुभयो ।

यसैगरी उहाँले प्रहरी द्वैमासिक प्रकाशनमा २०७४ सालमा प्रकाशित लेखरचनामध्ये व्यावसायिक लेखतर्फ उत्कृष्ट उपन्यायाधिवक्ता सोमकान्त भण्डारी, साहित्यिक रचनातर्फ उत्कृष्ट तनहुँ व्यास नगरपालिका(७ का त्रिभुवनचन्द्र वाग्लेलाई नगदसहित कदरपत्र प्रदान गर्नुकासाथै पूर्व प्रहरी उपरीक्षक बालकुमार शाक्यलाई सम्मानपत्र र नगद सहित ुप्रहरी द्वैमासिक सम्मानु प्रदान गर्नुभयो ।

देशव्यापी माध्यामिक विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा प्रथम हुने बिजयश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय स्वयम्भूकी सरिता रुवाली र द्धितीय हुने नेपाल प्रहरी विद्यालय सामाखुशीकी पूर्णिमा थापालाई उहाँले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्नुहुने प्रहरी नायव महानिरीक्षकहरु पिताम्बर अधिकारी, सुनिलकुमार श्रेष्ठ, प्रहरी बरिष्ठ उपरीक्षक अरुणकुमार भण्डारी, प्रहरी उपरीक्षकहरु राजेशनाथ बास्तोला, डिल्लीराज पन्त, राजेन्द्रकुमार थापा क्षेत्री, प्रतापकुमार गुरुङ, प्रहरी नायव उपरीक्षकहरु वीरबहादुर बुढामगर, सिताराम चापागाई, रविन्द्रबहादुर सिंह, मदनकुमार थापा, रेशमबहादुर श्रेष्ठ, गणेशबहादुर चन्द, घनश्याम श्रेष्ठ, पूर्व प्रहरी निरीक्षक कृष्णप्रसाद अधिकारी, प्रहरी नायव निरीक्षकहरु श्रीहरि केसी र रामलाल नेपाललाई समेत कदरपत्र प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई पूर्ण शान्ति पुरस्कार, साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी चौकी बिर्ता, पर्सामा कार्यरत प्रहरी जवान गनकुमार खण्डलुकलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार, कदरपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले यस वर्ष सह्रानीय कार्य गरी उत्कृष्ट घोषित प्रहरी सहायक निरीक्षक प्रकाश खनाल, प्रहरी जवानहरु कल्पना सुवेदी र सर्मिला गुरुङ, उत्कृष्ट प्राविधिकतर्फ प्रहरी निरीक्षक दिपकराज अवस्थी, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी सहायक निरीक्षक कमल बस्याल, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक विमल थापा, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्‍य प्रशिक्षकतर्फ प्रहरी हवल्दार शेकषनारायण चौधरी, उत्कृष्ट सामुदायिक प्रहरी सेवातर्फ प्रहरी जवान लालमाया गुरुङ, उत्कृष्ट खेलाडीतर्फ प्रहरी सहायक निरीक्षक सुमन सुवेदी, प्रकोप उद्धारकतर्फ उत्कृष्ट प्रहरी जवानहरु रामविनय यादव र सुरेश थामीलाई कदरपत्र प्रदान गर्नुभयो ।


यसैगरी नेपाल प्रहरीलाई जग्गा उपलब्ध गराउन पहल गर्ने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल र उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट प्रहरी उपरीक्षक प्रतापकुमार गुरुङ र प्रहरी नायव निरीक्षक सालिकराम तिमिल्सिना समेत पुरस्कृत हुनुभएको छ ।
साथै यस वर्षको अन्तर जिल्ला प्रहरी कार्यालय कार्यदक्षता मुल्याङ्कनतर्फ प्रथम हुन सफल जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी उपरीक्षक विष्णुकुमार केसी, द्वितीय हुन सफल जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगर र तृतीय हुन सफल जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेलाई समेत प्रहरी महानिरीक्षक खनालले प्रशंसापत्र प्रदान गर्नुभयो ।

यसैगरी २०७४ साल गणतन्त्र दिवसका दिन घोषित विभूषणहरुमध्ये अलंकार तथा पदकहरु प्राप्त गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त विभूषणबाट सुशोभित समेत गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्नुहुने अमर एवं वीर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । कर्तव्यपालनाको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत उहाँले गर्नुभयो ।


आमनागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा र शक्तिको श्रोत रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले जनविश्वास अनुरुप कार्य सम्पादन गर्न विगतको भन्दा अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने बताउनुभयो । मानबअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य र निर्भिक प्रहरी सेवा नागरिकको अपेक्षा र आवश्यकता रहेको चर्चा गर्दै उहाँले नेपाल प्रहरीको सेवा प्रवाहलाई अझ बढी चुस्त र नागरिकमैत्री बनाउँदै लगिने उल्लेख गर्नुभयो ।

अमर असक्त प्रहरी संघका अध्यक्ष नवराज श्रेष्ठले अमर परिवार तथा अशक्तहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा अमर प्रहरी परिवारको तर्फबाट मिश्रा बस्नेतले कविता वाचन गर्नुभएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्