चाँदीका मूर्तिसहित २ जना पक्राउ



हेटौंडा ।
मकवानपुरको भीमफेदी गापा–२ स्थित सडकमा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले करिब ५ किलो अवैध चाँदीका गरगहना र मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ ।

बिहीबार विहान करिब १० बजे बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ५२ प ९७०५ नम्बर मोटरसाइकल चेक गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अवैध चाँदीको लक्ष्मीको मूर्ति ६१ वटा, गणेशको मूर्ति ६३ वटा र पाउजु २ जोर गरी ४ किलो ९ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बीरगञ्ज–१३, घडीअर्वा बस्ने वर्ष २८ का दिनेशकुमार सर्राफ र मोटरसाइकल पछाडि बस्ने बीरगञ्ज वडा नम्बर–१० का ४२ वर्षीय सुनिलकुमार सर्राफलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्